आज:  | Tue, 07, Jan, 2025

धादिङको सामरी भञ्ज्याङ विद्यालयमा मौलिक ६०वर्षमाथीकाहरुबिच बाघचाल,गट्टा र डण्डी बियो खेलको पतिस्पर्दा हुदै,

२४ पुष २०८०, मंगलवार ०७:४८ मा प्रकाशित ( १२ महिना अघि) १८६५ पटक पढिएको
नारी बाटिका


धादिङ,२४ पुस ।

धादिङ जिल्लाको सामरी भञ्ज्याङ माद्यामिक विद्यालयमा ६०वर्षमाथीकाहरुबिच बाघचाल,गट्टा र डण्डी बियो खेलको पतिस्पर्दा हुदैछ । ,नीलकण्ठ नगरपालिका वडा नं स्थित पाल्पा सामरी भञ्ज्याङ माध्यामिक विद्यालयमा ६० वर्षमाथीक उमेर समुहाहरुबिच लोप हुंदै गएको मौलिक बाघचाल, गट्टा र डण्डी बियो खेल पतिस्पर्दा हुन लागेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगको आयोजना तथा विद्यालयको समन्वयमा आज बाघचाल, गट्टा र डण्डी बियो खेलको आयोजना गरिएको हो । परम्परागत संस्कृति सम्पदा तथा खेलकुद प्रवद्र्धन, संरक्षण गर्ने उद्धेश्यले खेल आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक नरहरी लम्सालले बताउनु भयो ।

पछिल्लो पुस्तामा लोप हुंदै गैइरहेको मौलिक लोक खेलहरुलाई पुस्ता हस्तान्तरण गर्ने उदेश्यले आयोजना गरीएको हो भने यस खेलको प्रतयोगितामा ६० बर्ष कटेका उमेर समुहहरुले मात्र सहभागी हुन पाउने आयोजकले जनाएको छ । आज बिहान ११ बजदेखी सुरु हुने प्रतियोगिता खेलमा सहभागी हुनको लागि विद्यालयले सबैलाई आग्रह गरेको छ ।
यस खेलमा भाग लिएका डण्डी वियो प्रतियोगितामा ५। ५ जनाको २ टिम,बाघचाल प्रतियोगितामा ४ जनाको एक टिम र गट्टा खेलमा महिलाहरुको ४ जनाको टिम दर्ता भएको विद्यालयका प्रधानाध्यापक नरहरी लम्सालले नारी बाटिकालाई जानकारी दिनु भयो ।

प्रतियोगितमा प्रथम,द्धितीय,तृतीय र सान्त्वना हुनेहरुलाई प्रमाण पत्र दोसल्ला सहित क्रमस दुई हजार पाँच सय, दुई हजार, एक हजार पाँच सय र एक हजार रुपैँयाले पुरस्कृत गरिने छ । ३

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस