आज:  | Tue, 07, Jan, 2025

धादिङ जिल्लाको नेत्रावती डबजोङ ४ भर्या्ङभुरुङमा नयाँ अस्थाई प्रहरी पोष्टको स्थापना

१८ पुष २०८०, बुधबार १८:३६ मा प्रकाशित ( १ साल अघि) १६८९ पटक पढिएको
नारी बाटिका


भगवती बिबियु

धादिङ १८ पुस ।

धादिङ जिल्लाको नेत्रावती डबजोङ ४ भर्या्ङभुरुङमा नयाँ अस्थाई प्रहरी पोष्टको स्थापना गरिएको छ । तालुक नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग, प्रशासन शाखा नक्साल र बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाको आदेशमा उक्त स्थानमा नयाँ अस्थाई प्रहरी पोष्टको स्थापना गरिएको हो ।

“प्रहरी ईकाईहरुको स्थापना, स्तरबृद्धि तथा जनशक्ती व्यवस्थापन सम्बन्धि आधार तथा मापदण्ड २०७०” बमोजिम धादिङ जिल्ला नेत्रावती डबजोङ गाँउपालिका वडा नं.४ भर्याबङभुरुङमा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे,, नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल तथा जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र,को उपस्थितीमा अस्थाई प्रहरी पोष्टको स्थापना गरिएको जिल्ला प्रहरी कार्यलय धादिङे जानकारी दिएको छ ।

त्यसैगरी कार्यक्रममा नेत्रावती डबजोङ गाउँपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत हरेराम साह, जनप्रतिनिधि लगायत स्थानीय बासिन्दाहरु समेतको सहभागितामा वुधबार भर्यााङभुरुङमा नयाँ अस्थाई प्रहरी पोष्टको स्थापना गरिएको थियो ।

धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले उक्त अस्थाई प्रहरी पोष्टको उद्घघाटन गर्नु भएको हो । उद्धघाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ ग्रैह्रले अस्थायी प्रहरी चौकी स्थापना भएपछि शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद तथा अन्य घटनाको तत्काल उद्दार, विभिन्न सेवा प्रवाहमा सहजीकरण लगायतका कार्यमा सहयोग पुग्ने बताउनु भएको छ ।

साथै उक्त स्थानमा अस्थाई रुपमा स्थापना गरिएको प्रहरी पोष्टबाट जनताहरुको शान्ति सुरक्षा अमनचयन कायम, अपराध नियन्त्रण, विपद तथा अन्य घटनाको तत्काल उद्दार गर्न र त्यस क्षेत्र आसपासमा आवाश्यक विभिन्न सेवा प्रवाहमा सहजीकरण र जनसेवा उपलब्ध गराउने उद्धेश्यले अस्थाई प्रहरी पोष्ट स्थापना गरिएको धादिङका प्रहरी प्रमुख एव्ं उपरिक्षक गौतम मिश्रले बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%३%२%

प्रतिक्रिया दिनुहोस