आज:  | Tue, 07, Jan, 2025

धादिङ लगायत देशैभर गुरुङ समुदायको ‘तमु ल्होछार’ पर्व धुमधामसंग मनाईयो

१५ पुष २०८०, आईतवार १९:४० मा प्रकाशित ( १ साल अघि) १५११ पटक पढिएको
नारी बाटिका


भगवती बिबियु
नारी बाटिका संवाददाता

धादिङ १५ पुस ।

धादिङ लगायत गुरुङ समुदायको ‘तमु ल्होछार’ पर्व देशैभर धुमधामसंग मनाईएको छ । आईतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले यसै अवसरमा तमु ल्होछार’ को शुभकामना दिँदै आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना दिनु भएको थियो ।

यस्तै राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होछार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धिका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्धत पुग्नेछ विश्वास व्यक्त गर्नुभएको छ ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुभकामना दिँदै राष्ट्रियताको सम्वद्र्धन र समुदायको पहिचानमा नै मुलुकको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहेको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुसरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता नेपालको राष्ट्रिय विशेषता र पहिचानका रुपमा रहेको उल्लेख गर्नुभएको छ ।

बिरालो बर्गलाई बिधाई र गरुड बर्गलाई स्वागत गर्दै आज गुरुङ समुदायको ‘तमु ल्होछार’ पर्व धुमधामसंग मनाईएको छ । गुरुङ्हरुको महान पर्व तमु ल्होसार तथा गोरु जुधाई कार्यक्रम (२०८० मा बाग्मति प्रदेश सरकारका माननिय मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख अथित्वमा सम्पन्न भएको हो ।

आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन गुरुङ समुदायमा छ । गुरुङ समुदायको बाहुल्य रहेको ठाउँमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको गुरुङ समुदायहरु बताउँछन् । सरकारले तमु ल्होछारको अवसरमा आज सार्वजनिक बिदा दिएको थियो ।

निलकण्ठ नगरपालिका १ नं वडा धुसेनि धादिङमा रमाईसंग मनाएको छ । गुरुङ समुदायले हरेक वर्ष पुस १५ का दिन मनाइने यो पर्वलाई तोला ल्होछारको रूपमा पनि चिनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होछार भन्नाले गुरुङ भाषामा नयाँ वर्ष हो । गुरुङ समुदायले नयाँ वर्षका रूपमा पनि मनाउने गर्छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%५%१%२%

प्रतिक्रिया दिनुहोस