आज:  | Thu, 19, Sep, 2024

पार्टीभिभत्रको झिनामसिना कुराको बिवादमा अल्झिएर पार्टीलाई कमजोर बनाउन नहुने : सभापति शेरबहादुर देउवा

७ पुष २०८०, शनिबार २१:०७ मा प्रकाशित ( ९ महिना अघि) ५५० पाठक संख्या
नारी बाटिका


 

काठमाडौं ७ पुस ।

नेपाली काँग्रेस वागमती प्रदेशको प्रथम संम्मेलन शनिवार काठमाडौंमा सम्पन्न भएको छ । वागमती प्रदेश पार्टी सभापती ईन्द्र बानियाँको अध्यक्षतामा भएको प्रथम प्रदेश सम्मेलनमा नेपाली काँग्रेसका पार्टी सभापती एव्ं पुर्वप्रधानमन्त्रि शेर व.देउवाको प्रमुख आतिथ्यता रहेको थियो । पार्टी केन्द्रिय श्रद्धेय सभापति शेरबहादुर देउवाले धुपीको बिरुवाले भरिएको गमलामा पानी राखेर सम्मेलनको समुद्घघाटन गर्नु भएको हो ।

शनिबार वागमती प्रदेशदरा काठमाडौंमा आयोजित प्रथम सम्मेलनमा बोल्दै नेपालीका सभापती शेर व.देउवाले यतिबेला संंघियता बिरोधी तत्वहरुले संघियता माथी चलखेल गरिरहेको कारण नेपाली काँग्रेस नेता तथा कार्यकर्ताले यसलाई बुझेर जनताको घरदैलोमा गई दुख र समस्या मा सहयोग पुर्याउनु पर्ने बताउनु भएको छ ।

उहाँले मुलुकमा जब जब अप्ठ्यारो परिस्थिती आउँछ तब तब नेपाली काँगे्रसले नै त्यसको निराकरण गर्नु पर्छ ,,देशलाई समस्या पर्दा समस्या समाधान गर्न सक्ने देशकै मुख्य पार्टीका नेता तथा कार्यकर्ताले पार्टीभिभत्रको झिनामसिना तथा सानोतिनो कुराको बिवादमा अल्झिएर पार्टीलाई कमजोर बनाउने काम गर्न नहुने बताउनु भएको छ ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस वागमती प्रदेशको ऐतिहासिक प्रदेश सम्मेलनमा कार्यक्रमका अध्यक्ष एवं नेपाली काँग्रेस वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले कार्यक्रममा उपस्थिती भएर ऐतिहाँसिक कार्यक्रम वागमती प्रदेश सम्मेलन सफल पारिदिनु भएकोमा सम्पुर्ण नेता तथा कार्यकर्तालाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको छ ।

सम्मेलनमा लुम्बिनी, गण्डकी, मधेस प्रदेश प्रदेश लगायतका सातै प्रदेशका पार्टी सभापतीहरु, यसैगरी कार्यक्रममा पार्टीका केन्द्रयी सदस्य एवं बरिष्ठ नेता अर्जुन नसिङं केसी,केन्द्रिय सदस्य धनराज गुरुङ, अर्थमन्त्रि तथा केन्द्रिय सदस्य प्रकाश शरण महत,वागमती प्रदेशका प्रदेश सांसद्हरु,केन्द्रीय सदस्यहरु, भातृ संस्थाका प्रमुख एवं् प्रतिनिधीहरु, नगर तथा पार्टीबाट निर्बाचित पालिका प्रमुखहरु, प्रदेश प्रतिनिधी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका योद्धा तथा बरिष्ट नेता धादिख्का भरत प्रशाद उप्रेती लगायतलाई सम्मान गरिएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%२%२%

प्रतिक्रिया दिनुहोस