आज:  | Thu, 19, Sep, 2024

राजसंस्थाको माग राख्नु अवैधानिक होइन भन्ने प्रमाणित भयो:लिङदेन

१ पुष २०८०, आईतवार १५:०६ मा प्रकाशित ( ९ महिना अघि) २४५ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ०१ पुस ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा(का अध्यक्ष राजेन्द्र लिङदेनले हिन्दु राष्ट्र र राजसंस्थाको माग राख्नु अवैधानिक होइन भन्ने प्रमाणित भएको जनाएका छन् ।  लिङदेनले आफ्नो पार्टीले राज संस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग राख्नु वैधानिक हो भन्ने प्रमाणित गराउन सफल भएको दाबी गरेका हुन् ।

आइतवार पार्टी केन्द्रीय कार्यसमिति काठमाडौँमा भएको बैठकको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । नेपालमा राजा सहितको प्रजातन्त्रको कुरा गर्नु, हिन्दु राष्ट्र पुनःस्थापना र संघीयताको खारेजीको माग राख्नु जायज कुरा भएको स्पष्ट पारे।

निर्वाचन आयोगसँग कडा प्रतिवाद गरेपछि पार्टीको विधानमा पनि राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको पार्टीको मागलाई स्थापित गराउन सफलता हात परेको पनि जानकारी गराउनु भयो ।

आफ्नो पार्टीलाई नेपाली राजनीतिमा उपेक्षा गर्न नमिल्ने शक्तिको रूपमा स्थापित गराउने काम समेत भएको बताएका छन् । लिङदेनले भने, ‘अब राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाली राजनीतिमा उपेक्षा गर्न नसकिने र अग्रगतितर्फ गइराखेको शक्तिको रूपमा स्थापित गर्न सफल भयौ।

हामीले गर्नुपर्ने थुप्रै काम र जिम्मेवारी छन्। नेपालमा राजा सहितको प्रजातन्त्रको कुरा गर्नु, हिन्दु राष्ट्र पुनःस्थापनाको कुरा गर्नु, संघीयता खारेजीको कुरा गर्नु र त्यो उद्देश्य राखेर पार्टी स्थापना गर्नु र त्यो उद्देश्य अनुरूपको विधान निर्माण गर्नु अवैधानिक होइन भन्ने स्थापित गर्न हामी सफल भएका छौं।’

यस्तै विगतमा निर्वाचनमा अपेक्षाअनुसार परिणाम हात नपारे पनि आफ्नो पार्टीले अग्रगमनको बाटो तय गर्दै अघि बढेको दोहोर्‍याएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%२%

प्रतिक्रिया दिनुहोस