आज:  | Thu, 19, Sep, 2024

सात महिनापछि ३० लाख धरौटीमा छुटेका बालकृष्ण खाँणलाई सम्पत्ती शुद्धीकरण अख्तियारले बोलायो

३० मंसिर २०८०, शनिबार ०८:१२ मा प्रकाशित ( ९ महिना अघि) ३५४ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ३० मंसिर ।

सात महिनापछि ३० लाख धरौटीमा छुटेका पुर्व गृह्रमन्त्री बालकृष्ण खाँणलाई सम्पत्ती शुद्धीकरण अख्तियारले बोलाएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण बिहिबार थुनामुक्त भएका छन् । नेपाली लाई नक्कली भुटानी शरणार्थी बनायर अमेरिका पठाएको प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाँण सात महिनापछि जिल्ला अदालत काठमाडौंमा ३० लाख धरौटी बुझाएर थुनामुक्त भएका हुन् ।

उच्च अदालत पाटनबाट थुनामुक्त भएलगतै खाँडलाई सम्पत्ति शुद्धीकरण विभागले बोलाएको थियो । साथै सम्पत्ति शुद्धीकरण विभागमा पनि १५ लाख धरौटी बुझाएर रिहा भएका हुन्। जिल्ला अदालत काठमाडौंको आदेशले थुनामा रहेका खाँणलाई बिहिबार उच्च अदालत पाटनले ३० लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

धरौटी बुझाउन जिल्ला अदालत पुगेका खाँणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा पनि पेश गरिएको थियो। सम्पत्ति शुद्धीकरणले १५ लाख धरौटी माग गर्‍यो भने अख्तियारले साधारण तारेखमा उपस्थित हुन भनेको छ । उनी तत्कालिन गृह्रमन्त्रि हुंदा नेपाली नागरिकलाई नक्कली कागजातमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजान भन्दै करोडौँ ठगी प्रकरणमा खाँड लगायतका बिरुद्धमा रिट परेपछी जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो।

खाँड लगायतका यस प्रकरणमा मुछिएका हरु जिल्ला अदालतको आदेशविरुद्ध पुनरावलोकन गरियोस् भन्ने निवेदन लिएर गएकाहरू मध्ये उच्च अदालत पाटनले खाँण सहित ११ जनालाई थुनामुक्त गर्ने आदेश दिएको छ भने ९ जनालाई भने थुनामै राख्ने आदेश दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%४%

प्रतिक्रिया दिनुहोस