आज:  | Thu, 21, Nov, 2024

आज भोजपुर र धनकुटाको बिचमा पर्ने लेगुवामा एमाले अध्यक्ष केपी ओली माथि मुक्का प्रहार

२८ मंसिर २०८०, बिहीबार १८:४४ मा प्रकाशित ( ११ महिना अघि) ४१३ पाठक संख्या
नारी बाटिका


धादिङ २८ मंसिर

संकल्प अभियानको क्रममा भोजपुरको धनकुटामा पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली माथि आज मुक्का प्रहार भएको छ । बिहिबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धनकुटाको लेगुवामा एक व्यक्तिले आक्रमण गरेका हुन् ।

उहाँ संकल्प अभियानको क्रममा धनकुटा र भोजपुरको बीचमा पर्ने लेगुवा भन्ने स्थानमा पुग्नु भएका अध्यक्ष ओलीलाई ती व्यक्तिले आक्रमणको प्रयास गरेका हुन् ।
अध्यक्ष वलीको स्वागतका लागी फूलमाला र अविर लिई लाइनमा बसेका एक व्यक्तिले ओलीलाई आक्रमण गरेका थिए। ति व्यक्तीको आक्रमण लगत्तै एमाले कार्यकर्ताले ती व्यक्तिलाई कुटपिट गरेका छन् ।

आक्रोस हुंदै महालक्ष्मी–५ धनकुटाका महेश राईले ओलीलाई आक्रमण गरेका हुन् । ओलीमाथि आक्रमण गर्ने महेश राईलाई प्रहरीले रोक्न खोज्दा खोज्दै भीडमा पसेका थिए। कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बाँस्तोलाका अनुसार उनलाई शंका लागेर सुरक्षामा खटिएका प्रहरीले फूलमाला लगाउने लाइनमा जानबाट रोक्न खोजेका थिए । तर एमाले कार्यकर्ताकै सहयोग लिएर स्वागत गर्ने लाइनमा पुगेका उनले अध्यक्ष ओलीको टाउकोमा मुड्की प्रहार गरेका हुन् ।

शंका लागेकोले राईलाई प्रहरीले रोक्न खोजेको तर एमालेकै कार्यकर्ताको सहयोग लिएर लाइनमा छिरेको थाहा भएको डिआइजी बाँस्तोलाले जानकारी दिनु भयो । आक्रमणकारी महेश राईले मादक पदार्थ सेवन गरेको पनि खुलेको डिआइजी बाँस्तोलाले बताउनु भयो । आगमी २०८४ को निर्वाचनलाई मिसन बनाई संकल्प यात्राका क्रममा धनकुटाको लेगुवा पुगेका ओलीमाथी आज आक्रमण भएको हो ।

करिव २ साता अगाडी देखी मध्यपहाडी संकल्प यात्राका क्रममा भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा फूलमाला र अवीरले स्वागत गर्ने लाइनमा बसेका महेशले ओलीलाई आक्रमण गरेको प्रहरीले जनाएको छ । धनकुटा महालक्ष्मी–५ का महेश राई पहिचानवादी संघ संगठनको कुनै जिम्मेवारीमा भने नरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिई सकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%५%

प्रतिक्रिया दिनुहोस