आज:  | Tue, 07, Jan, 2025

जेलमा रहेका ब्यक्तिको मुद्दा मिलाइदिन्छु भन्दै करिब १ करोड ठगी गर्ने २ जना पक्राउ

२६ मंसिर २०८०, मंगलवार १८:४१ मा प्रकाशित ( १ साल अघि) ११४५ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २६ मंसिर ।

जेलमा रहेका एक व्यक्तिको मुद्दा मिलाइदिन्छु भन्दै करिब १ करोड ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । थुनामा रहेका रहेका ब्यक्तिको मुद्धा मिलाई दिने जालमा पारी करिब एक करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भोजपुर घर भई हाल काठमाडौँ बस्दै आएका २६ वर्षीया रितु राई र बर्दिया घर भई हाल काठमाडौँ बस्ने २१ वर्षीय निरेश चौधरी छन् ।

निरेश चौधरी र रितु राईले सुर्खेतको वीरेन्द्रनगर घर भएका रेवन्त खड्काको मुद्दा मिलाइ दिन्छु भन्दै उनका बुवा अमर बहादुर खड्कालाई झुटो जालमा पारी पटक–पटक गरी ९९ लाख ७५ हजार रुपैयाँ ठगी गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।

सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार रेवन्त खड्का आपराधिक विश्वासघात र संगठित अपराधको मुद्दामा सीआईबीबाटै पक्राउ परी काठमाडौँ जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा रहेका छन् ।

पक्राउ परेका दुबैजना ठगहरु माथि आपराधिक विश्वाशघात तथा ठगी मुद्दामा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस