आज:  | Sun, 24, Nov, 2024

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बूढीगण्डकी जलविद्युत् आयोजना सफल पार्न जोड

२४ मंसिर २०८०, आईतवार ०८:१३ मा प्रकाशित ( ११ महिना अघि) ३३७ पाठक संख्या
नारी बाटिका


धादिङ,२४ मंसिर ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बूढीगण्डकी जलविद्युत् आयोजना सफल पार्न जोड दिनु भएको छ । राष्ट्रिय गौरवको रुपमा हेरिएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई जसरी पनि सफल बनाउनु पर्ने बताउनु भएको हो ।

१० दिन अगाडी पुष्पलाल मध्यपहाडी लोकमार्गको झुलाघाट–चिवाभञ्ज्याङ सम्मृद्धिका लागि सङ्कल्प यात्रा, २०८० को यात्रा सुरु गर्नु भएका वली शनिबार गोरखा पुग्नु भएको थियो । अध्यक्ष ओलीले गोरखाको सदरमुकाममा आयोजित स्थानिय कार्यकर्ताको भेलालाई सम्बोधन गर्नु हुँदै बूढीगण्डकी परियोजना सफल बनाउनर पर्नेमा जोड दिनु भएको छ ।

उहाँले भन्नु भयो “बूढीगण्डकी आयोजना निर्माण गर्न ठुलो क्षेत्रफलका लागि हममी धेरै रकमको मुआब्जा उपलव्ध गराईसकेका छौँ । सरकारले अधिग्रहण गरी मुआब्जा दिएकाले आयोजना निर्माण अगाडि बढाउनु पर्छ”, । यस बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आफूहरुले सरकारलाई घचघच्याउने काम गरिरहेको उहाँको भनाइ थियो । “नेपालका परियोजना निर्माण गर्दा फाइदा हुनेगरी बनाउन दिनुपर्छ”, उहाँले भन्नु भयो ।

साथै आयोजना निर्माणको कार्यमा ढिलासुस्ती भयो भनेर सरकारले अधिग्रहण गरेको जमिन जनताले कब्जा गर्न नमिल्ने ओलीले बताउनु भयो । “विभिन्न बाहानामा समस्या सिर्जना गर्न हुँदैन”, उहाँले भन्नुभयो ।त्यस्तै यस क्षेत्रमा “जलाशययुक्त आयोजना तयार भएर डुबान नुहँदासम्म किसानीले आ आफ्ना जग्गामा खेती लगाएर खाए हुन्छ”, “त्यसलाई बाँझै राख्नुपर्ने वा खाली छोड्नु पर्ने आवश्यकता छैन भन्नु भएको छ ।”

मध्यपहाडी लोकमार्ग झुलाघाट–चिवाभञ्ज्याङ सम्मृद्धिका लागि सङ्कल्प यात्रा सुरु गर्नु भएका वली शनिबार गोरखाको आरुघाटबाट धादिङको सल्यान्टार, लपाङफेदी, भ¥याङभुरुङ हुँदै नुवाकोट तर्फ लाग्नु भएको थियो ।

उक्त सङ्कल्प यात्रामा पार्टी अध्यक्ष ओली सहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लगायतका केन्द्य्रय तहका नेताहरू सहभागी भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस