आज:  | Tue, 07, Jan, 2025

काठमाडौंको नागढुंगामा स्थानीय र प्रहरीबीच झडप, वडाध्यक्ष सहित ८ जना प्रहरीको नियन्त्रणमा

२३ मंसिर २०८०, शनिबार १८:५९ मा प्रकाशित ( १ साल अघि) ९०४ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २३ मंसिर ।

आज काठमाडौंको नागढुंगा स्थित प्रहरी र स्थानीयबीच झडप, भएको छ । शििनबार नागढुंगा स्थित स्थानीय र प्रहरबिच झडप हुंदा वडाध्यक्ष सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो शुक्रबार ट्रकको ठक्करबाट स्कुटरमा सवार स्थानीय एक महिलाको उपचारको क्रममा मृत्यु भएपछि शनिबार बिहानदेखि उक्त क्षेत्रमा स्थानीयले सडक अवरूद्ध गरेका थिए ।

सडक अवरूद्ध भएपछी खुलाउने क्रममा स्थानीयवासी र प्रहरीबीच झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। झडपमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फबाट केही व्यत्ति घाइते भएका छन् । चन्द्रागिरी नगरपालिका(२ का वडाध्यक्ष भाइकृष्ण तामाङ सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।साथै बेलुकी पख नागढुंगा क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

हिजो दिउँसो चन्द्रागिरी नगरपालिका(३ थानकोट खरिबोटमा कलंकीबाट नागढुंगा जाँदै गरेको बा ८८ प ७९५५ नम्बरको स्कुटरलाई सोही तर्फ जाँदै गरेको प्र ३(०१(००६ ख १३०८ नम्बरको ट्रक (डिब्बा गाडी)ले ठक्कर दिदा एक महिला घाईते भएकी थिईन् । ट्रकको ठक्करबाट स्कुटरमा सवार चन्द्रागिरी(२ नागढुंगा बस्ने ४० वर्षीय श्रीधर भूर्तेल र उनकी श्रीमती अस्मिता भण्डारी गम्भीर घाइते भएका थिए।

घाईते दम्पतीलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा अस्मिताको शुक्रबार अपराह्न साढे ४ बजे उपचारकै क्रममा मृत्यु भएको थियो । घटनापछि प्रहरीले ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर थानकोट वृत्तमा राखेको छ।

ट्रकको ठक्करबाट ज्यानै जाँदा समेत ट्रकसँग सम्बन्धित व्यक्तिहरूले पीडित पक्षसँग छलफल गर्न नआएको भन्दै स्थानीयवासी आक्रोस भइ आन्दोलित भएका हुन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस