आज:  | Tue, 07, Jan, 2025

भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका नेता बालकृष्ण खाँणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने

२१ मंसिर २०८०, बिहीबार ०८:१६ मा प्रकाशित ( १ साल अघि) ९९४ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २१ मंसिर ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाएको प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाँणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनमा परेको नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेता खाँणको निवेदन माथि यही मंसिर २८ गते सुनुवाइ हुने भएको हो।

उच्च अदालतका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा यही मंसिर १५ गते राय बाझीएको निर्णय सुनाएपछि उक्त विवादलाई तेस्रो न्यायाधीश समक्ष पेश गरी सुनुवाइ गर्ने तय गरिएको थियो ।

न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश बदर गरी ३० लाख धरौटीमा छाड्ने राय दिएका थिए भने अर्का न्यायाधीश खरेलले धरौटीमा छाड्न नमिल्ने कुराको राय दिनु भएको थियो।

उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार पूर्वमन्त्री खाँणको मुद्दामा दुई न्यायाधीशको राय बाझिएपछि निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेश अनुसार यही मंसिर २८ गते एकल इजलासमा सुनुवाइ गर्ने तयारी भईरहेको छ।

अदालतले उक्त विवादमा नौजना प्रतिवादीको हकमा थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो भने छ बाँकी प्रतिवादीको हकमा थुनामै राख्ने काठमाडौँ जिल्ला अदालतको आदेश बदर गरी धरौटी माग गर्ने आदेश दिएको थियो ।

यसै प्रकरणका आरोपीहरु मध्यका लक्ष्मी महर्जन, आशिष बुढाथोकी, टङ्ककुमार गुरुङ र केशव तुलाधरलाई साधारण तारेखमै थुनामुक्त गर्ने आदेश गरेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस