आज:  | Tue, 07, Jan, 2025

धादिङमा जेलबाट छुटेकै दिन गाउँमा गई एक महिलाको हत्या गर्ने शिवबहादुर बस्याल सहित ३ जना पक्राउ

१८ मंसिर २०८०, सोमबार १९:२७ मा प्रकाशित ( १ साल अघि) १५७३ पटक पढिएको
नारी बाटिका


धादिङ १८ मंसिर ।

धादिङमा जेलबाट छुटेकै दिन वृद्धाको हत्या गर्ने साथै फरक फरक दुइ घटनामा संलग्न भएका चारजना पक्राउ परेका छन् । हत्यामा संलग्न रहेका चार जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । फरक फरक दुइ घटनामा संलग्न रहेका चार प्रतिवादीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङले सोमबार पत्रकार सम्मेलन गरी उनिहरुलाई सार्वजनिक गरेको हो ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ गोलाङका ४० वर्षिय शिवबहादुर बस्याल धादिङको जेलबाट छुटेकै दिन वृद्धाको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । चोरीको मुद्धामा २० महिना कैद सजाय भुत्तान गरी कारागार कार्यालय धादिङ बाट छुटेकै दिन बस्यालले गाउँमा गई मानिसको हत्या गरेका थिए।

४० वर्षिय बस्यालले त्रिपुरासुन्दरी गाउँपालिका– ६ गोलाङकी ६२ वर्षिय वृद्धा मनकुमारी सर्किनीलाई हत्या गरेको अभियोगमा मंसिर १५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक गौतम मिश्रले बताउनु भयो ।

‘मृतकको अनुहारमा कोतरिएको, घाँटीमा निलडाम देखिएको, घटनास्थलमा चुराका टुक्रा र पोतेका दानाहरु छरपष्ट भएको अवस्थमा मंसिर १४ गते राती आफ्नै घरमा उनको शव भेटिएको थियो’ मिश्रले भन्नु भयो । ‘सुक्ष्म अनुसन्धानबाट मनकुमारीको घाँटी थिचि हत्या गरिएको खुल्न आएको थियो ।

हत्यामा संलग्न बस्यालसँगै सोहि स्थान बस्ने ५४ वर्षिय टोपबहादुर सार्की र ४० वर्षिय सुनिल नेपाली पनि पक्राउ परेका छन् । आर्थिक प्रलोभन देखाइ बस्याल मार्फत वृद्धाको हत्या गरेको अभियोगमा दुइ जनालाई पक्राउ गरिएको जनाएको छ ।’

यस्तै धारिलो हतियार प्रयोग गरि आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा धुनीवेशी नगरपालिका–४ जीवनपुरका २७ वर्षिय रामचन्द्र वयलकोटीलाई प्रहरीले पक्राउ गरेको छ । धुनीवेशी नगरपालिका–१ डुम्रेचौरस्थित आफ्नै २० वर्षिया श्रीमती पवित्रा वयलकोटीलाई धारिलो हतियार प्रयोग गरी मंसिर १७ गते उनले हत्या गरेका थिए ।

हत्या गरी फरार रहेका बयलकोटीलाई १७ गते राती नै प्रहरीले पक्राउ गरेको एसपी मिश्रले बताउनु भयो । ‘घोप्टो अवस्थामा रहेकी मृतक पवित्राको घाँटी लगायत शरिरका विभिन्न भागमा चोटपटक र रगताम्मे अवस्थामा भेटिएको थियो । शव र घटनाको प्रकृति हेर्दा निर्ममता पूर्वक हत्या गरिएको देखिन्छ’ एसपी मिश्रले भन्नु भयो ।

प्रतिवादी रामचन्द्र वयलकोटी र मृतक पवित्राविच करिव ६ वर्षअघि विवाह भएको थियो । विवाह पश्चात लामो समय वैदेशिक रोजगारीमा रहेका वयलकोटी दम्पत्तिविच त्यतिवेलैदेखि मनमुटाव रहेको प्रारम्भिक अध्ययनबाट खुलेको छ । त्यहि कारणले श्रीमतीको हत्या गरेको हुन सक्ने एसपी मिश्रले बताउनु भयो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%७%१%

प्रतिक्रिया दिनुहोस