आज:  | Tue, 07, Jan, 2025

बालिकालाई बलात्कार पछी हत्या गर्ने शिक्षक पुर्पक्षका लागि जेल चलान

१२ मंसिर २०८०, मंगलवार १८:३२ मा प्रकाशित ( १ साल अघि) ८०७ पटक पढिएको
नारी बाटिका


गुल्मी १२ मंसिर ।

बालिकालाई बलात्कार पछी हत्या गर्ने एक शिक्षकलाई गुल्मी जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ । गुल्मी चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर बस्ने १५ वर्षे बालिकालाई बलात्कार गरी हत्या गरेको अभियोगमा मदरसाका शिक्षक पुर्पक्षका लागि जेल चलान भएका हुन् ।

बाँके जिल्ला खजुरा ७ घर भई स्थानीय मदरसामा अध्यापन गराउने २३ वर्षीय रहिस खाँलाई चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरमा डेरा गरी बस्दै आएकी १५ वर्षकी मनिषा रुचाललाई बलात्कार गरी हत्या गरेको आरोपमा जिल्ला अदालत गुल्मीले पुर्पक्षका लागि थुनामा पठाएको हो । बलात्कार पछी हत्या भएकी बालिका रुचाल स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन् ।

कार्तिक १६ गते मनिषा रुचाल खेतमा काम गरिरहेका खेतालालाई सुर्ती पुर्‍याउन जाँदै गर्दा खाँले उनको पिछागरी बालिकालाई ललाई फकाई आफैले अध्ययापन गराउने मस्जिद भित्र लगेर बलात्कार गरी हत्या गरेर सोही राति नै नजिकैको हुग्दी खोलामा फालेको स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए ।

१६ गतेबाट हराइरहेकी बालिका कात्तिक १७ गते विहानै खोलामा नग्न अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बलात्कारी खाँ त्यहाँ स्थित गुल्सने मदिनामा ५ महिनादेखि शिक्षकका रूपमा पढाउँदै आएका थिए ।

उक्त घटना शंकास्पद देखिएपछि प्रहरीले विभिन्न विधि र प्रविधिको प्रयोग गरी सुक्ष्म अध्ययन एवं अनुसन्धान गरी जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अदालतमा मुद्दा दर्ता गरेकोमा सोमबार पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको गुल्मीका प्रहरी प्रमुख एवं् प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस