आज:  | Fri, 22, Nov, 2024

तीनकुनेको कार्यक्रमलाई अबरुद्ध गर्दै दुर्गा प्रसाईलाई घरमा नै ‘नजरबन्द गरियो

८ मंसिर २०८०, शुक्रबार १४:३१ मा प्रकाशित ( १२ महिना अघि) ७२६ पाठक संख्या
नारी बाटिका


काठमाडौं,८ मंसिर ।

आज तीनकुनेमा आयोजना गरिएको कार्यक्रमलाई अबरुद्ध गदैं दुर्गा प्रसाईलाई उनकै घरमा ‘नजरबन्द गरिएको छ । मेडिकल ब्यावसायी दुर्गा प्रसाईेद्धारा हिजो बल्खुमा आयोजित जन प्रदर्शनमा अनुमान गरिए भन्दा निकै नागरिककहरुको सहभागिता रहेको पाईएको छ ।

भएपछी आजदेखी प्रसाईँको नेतृत्वमा आयोजना हुन लागिएको कार्यक्रमले नेपाली जनतामा अझै बढी प्रभाव पार्ने र गणतन्त्रको बिरुद्धमा जनता माझ भ्रम फैलाउन सक्ने संकेत देखिएपछी सरकारले आज दुर्गा प्रसार्इँलाई घरमा नै नजरबन्दमा राखिएको छ ।

भक्तपुरस्थित घरमा नजरबन्द भएपछि प्रसाई तीनकुनेमा आज ११ बजे देखि गर्ने भनिएको आन्दोलनमा सहभागी हुन पाएका छैनन् । प्रसाईँ समुहका सह प्रवक्ता राजानन्द माण्डब्यका अनुसार अहिले प्रसाईको घरबाहिर प्रहरी तैनाथ गरी उनलाई निगरानी गरिएको छ ।

साथै प्रहरीले प्रसाईलाई बाहिर निस्कन अनुमति नभएको ‘माथीको आदेश’ भन्दै निस्कन समेत दिएको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस