आज:  | Fri, 22, Nov, 2024

ठुला चाडपर्वको अवधिमा बागमती प्रदेशमा मात्रै १५६ वटा दुर्घटना हुंदा २३ जनाले ज्यान गुमाए

२ मंसिर २०८०, शनिबार १६:५२ मा प्रकाशित ( १ साल अघि) ४४९ पाठक संख्या
नारी बाटिका


मकवानपुर,०२ मंसिर ।

नेपालीहरुको मुख्य ठुला चाडपर्वको अवधिमा बागमती प्रदेशमा मात्रै १५६ वटा दुर्घटना भएको छ भने उक्त दुर्घटनामा परी २३ जनाले ज्यान गुमाएका छन् । बागमती प्रदेश अन्तर्रगत १० जिल्लामा यस वर्षको ठुला चाडपर्वको अवधिमा १५६ वटा सवारी दुर्घटना भएको छ । प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार काठमाडौं उपत्यका बाहेक बागमती प्रदेशको १० जिल्लामा दसैँ यता मंसिर १ गतेसम्म १५६ वटा सवारी दुर्घटनामा परि २३ जनाले ज्यान गुमाएका हुन्।

उक्त अवधिमा भएको दुर्घटनामा परी ३५१ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक दिपक रेग्मीले जानकारी दिनु भयो । यस्तै ट्राफिनियम विपरीत सवारी चलाउने ५९ हजार ७३२ वटा सवारी साधन कारबाहीमा परेका छन् ।

साथै यसै अवधिमा गरिएको सवारी चेकजाँच कारबाहीबाट ४ करोड ८८ लाख ५९ हजार ५ सय रुपैयाँ जरिवाना रकम सङ्कलन भएको प्रवक्ता रेग्मीले बताउनु भएको छ । उहाँका अनुसार चाडपर्व लक्षित सुरक्षा अभियान अनुसार बागमती प्रदेशका १० जिल्लामा ५९ वटा यात्रु सहायता कक्ष स्थापना गरेर सेवा प्रदान गरिएको थियो ।

जसबाट कार्तिक १ गतेसम्ममा गुनासो तथा सुरक्षाको क्रममा बढी भाडा लिने ५८ वटा सवारी साधनबाट ४४० जना यात्रुको बढी भाडा फिर्ता गराइएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुर, नुवाकोट, काभ्रे र सिन्धुलीमा खटिएको प्रहरी टोलीले अवैध रुपमा ओसार पसार गरेको करिब १३ क्विन्टल चिनी र ९ लाख ४६ हजार ४२० बराबरको कपडा बरामद गरी आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाएको छ ।

यसै अवधिमा जिल्ला प्रहरी कार्यालय मकवानपुर, चितवन र सिन्धुलीमा खटिएको प्रहरी टोलीले ४५२ प्याकेट, ४४ पोका र ५ बोरा पटाका, आतसबाजी जस्ता पदार्थ समेत बरामद गरेको प्रवक्ता रेग्मीले बताउनु भयो ।

रेग्मीका अनुसार यसै अवधिमा ३०९ वटा कसुर दर्ता भएकोमा ११९ जना मानिसलाई पक्राउ गरिएको साथै जिल्ला प्रहरी कार्यालय मकवानपुर, चितवन, काभ्रे, नुवाकोट र सिन्धुलीबाट जुवा कसुरमा १०८ जना मानिस र १६ लाख ८९ हजार ५२९ रुपैयाँ बरामद गरि कानुन बमोजिम अनुसन्धान भइरहेको जानउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस