आज:  | Fri, 22, Nov, 2024

कस्टडीभित्रै हत्या आरोपितको मृत्यु भएपछी प्रहरीले सिसिटिभी लुकाएको आरोप

२५ कार्तिक २०८०, शनिबार १८:४६ मा प्रकाशित ( १ साल अघि) ३६९ पाठक संख्या
नारी बाटिका


कैलाली, २५ कात्तिक ।

विहिबार कैलाली  प्रहरीको कस्टडीमा रहेका एक युवकको मृत्यु भएपछि आफन्तले प्रहरीलाई हत्या गरिएको आरोप लगाएका छन्।(बिहीबार) प्रहरीको थुनामा रहेका युवकको अचानक मृत्यु भएपछि मृतकका आफन्तले प्रहरीले नै हत्या गरेको आरोप लगाएका हुन्।

विहिबार जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका धनगढीका युवक कृष्ण सेट्टीको कस्टडीमै मृत्युु भएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार थुनामा राखिएका उनलाई बयान लिने क्रममा अचानक समस्या आई ढलेर बेहोस भएकोमा सेती अस्पताल लगेर उपचार गरिएको थियो।

तर कैलाली प्रहरीले भने उपचारकै क्रममा उनको मृत्यु भएको बतााएका छन् । तर, मृतकका आफन्तले भने प्रहरीकै कस्टडीमा हत्या भएको बताउँदै आएका छन् । मृतकका आफन्तले प्रहरीले सिसिटिभी पनि लुकाइरहेको दाबी गरेका छन् । यस्तै आफन्तले अहिले घटनाको सत्यतथ्य छानबिनको माग गरिरहेका छन् ।

धनगढी उपमहानगरपालिका( १६ बेहडाबाबा विद्यालय क्षेत्रमा बाँसको लाठी प्रहार गरेर ३८ वर्षीय लालबहादुर थापाको हत्या गरेको अभियोगमा मृतक सेट्टी पक्राउ परेका थिए।

बिहीबार प्रहरीले सेट्टीलाई बयानका लागि थुनाकक्षबाट बाहिर ल्याएको थियो। प्रहरीले बयान लिने क्रममा बेहोस भएका ३१ वर्षीय सेट्टीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कैलाली जिल्ला प्रहरी कार्यलयले जनएके छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस