आज:  | Fri, 22, Nov, 2024

जाजरकोटका भूकम्प पिडितहरुले भुकम्पले भन्दा पनि सरकारी कर्मचारीको व्यवहारले पीडा दिएको

२३ कार्तिक २०८०, बिहीबार १९:५८ मा प्रकाशित ( १ साल अघि) ४०७ पाठक संख्या
नारी बाटिका


जाजरकोट,२३ कात्तिक ।

जाजरकोटका भूकम्प पिडितहरुले भुकम्पले भन्दा पनि सरकारी कर्मचारीको व्यवहारले बढी पीडा दिएको बताएका छन् । गएको शुक्रबारको मध्य रातमा गएको शक्तिशाली भुकम्पलेजाजरकोट,रुकुमपश्चिम लगायका क्षेत्रहरुमा ठुलो धनजनको क्षति पुर्याएको थियो । उक्त भुकम्पमा परी १५७ जनाले ज्यान गुमाएका छन् । साथै १७३ भन्दा बढी व्यक्तिहर घाईते भएका छन् ।

त्यस क्षेत्रका नागरिकहरु भूकम्पले घर भत्काएपछि अधिकांश सदरमुकामवासी अहिले कोही सडकको छेउछाउमा कोही खुल्ला चौरमा त्रिपालको सहारामा रात दिन कटाइरहेका छन्। सदरमुकाम देखि बाहिर घर भएर सदरमुकाम भाडामा बस्दै आएका सर्वसाधारण भाडाकै घर भत्किएपछि उनिहरु झनै मारमा परेका छन्।

यस्तै भूकम्पकले केन्द्रविन्दु बनाएको बारेकोट गाउँपालिकामा त झन ठूलो समस्या देखिएको छ। अहिले पनि पटक पटक परकम्प जाने क्रम जारी छ । त्यस क्षेत्रका भुकम्प प्रभावितहरु काममा निस्कने जाँगर नै नचलेको बताउछन्। कात्तिक १७ गते राति गएको भुकम्पपछी आज कात्तिक २३ गतेसम्म आईपुग्दा ३३९ पटक परकम्प गएको भूकम्प मापन केन्द्रको अभिलेख रहेको जनाएको छ ।

नेपालीको मुख्य चाडपर्व मध्यको दोस्रो ठुलो चाडतिहार नजिकिदै गर्दा जाजरकोट आसपास र छिमेकी जिल्लाका सर्वसाधारणहरु भने भूकम्पका कारण पीडामा परेका छन् । घरसँगै विद्यालय समेत भत्किएपछि बालबालिका थप तनावमा छन् । घर भत्किएको छ भने पढ्न जाने विद्यालय समेत भत्किएकोले बालबालिकाको पड्ने अधिकारमा अंकुश लागेको छ।

स्थानियवासीहरु भूकम्पले दिएको पीडा भन्दा पनि यतिबेला जनप्रतिनिधि र सरकारी कर्मचारीको व्यवहारले झनै ठूलो पीडा दिएको बताएका छन् । राहतको त्रिपाल र अन्य सामग्री घरमूलीको नाममा आउने गरेपछि सदरमुकाम बाहिर ठेगाना भएका पीडित सबैभन्दा बढी मारमा परेको भेरी नगरपालिकाका भुकम्प पिडितले बताएका हुन् ।

उनिहरु वडा कार्यालयमा त्रिपाल माग्न जाँदा घरमूली बाहेक अरुले नपाउने भनेपछि आफुहरुलाई समस्या परेको उनिहरुको भनाइ छ। यो चिसोको समयमा खुला चौरमा बस्दै आएका पिडितका परिवार अहिले राहत माग्दा माग्दा नपाएपछि निराश भएको बताउँछन्। वडाका कर्मचारी र जनप्रतिनिधीले आफुहरलाई पिडा दिन थालेपछी जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई पीडाको जानकारी गराउँदा आसपासन पाएको भनाई छ । तर वडा कार्यालयले भने राहत वितरणमा पक्षपात भएको उनीहरु बताउँछन्।

घर पूर्णरूपमा भत्किएर समस्यामा परेको परिवारले अहिलेसम्म त्रिपालसम्म पाउन सकेको छैन । ‘शुरुमा क्षति भएको नामावली संकलन गर्ने वेला सबैको नाम टिपेको थियो तर आजसम्म त्रिपाल सम्मपनि नपाएकोले भुकम्प प्रभावित निकै मर्कामा परेको भुकम्प प्रभावितको गुनासो गरेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%

प्रतिक्रिया दिनुहोस