आज:  | Fri, 22, Nov, 2024

जाजरकोट भुकम्पमा परी घाइते भएका हरूसँग अस्पतालमा राष्ट्रपति पौडेल

२१ कार्तिक २०८०, मंगलवार १३:४९ मा प्रकाशित ( १ साल अघि) ४०८ पाठक संख्या
नारी बाटिका


तस्वीर : अनलाईन बाट साभार

काठमाडौँ,२१ कात्तिक।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुग्नु भएको छ । उहाँले सुक्रबार राति गएको भुकम्पमा परी अस्पतालमा उपचार गराईरहेका घाइतेहरूसँग निजहरुको अबस्था बारे जानकारी लिनु भएको छ ।

उहाँले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिनु हुंदै,घाइतेसंग सोधपुछ गर्नु भएको थियो । साथै उपचारार्थ घाईतेहरुले खाद्यान्न,घर निर्माण तत्कालकालका लागी बास सहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेल समक्ष आग्रह गरेका छन्।

राष्पती पौडेलले भूकम्प प्रभावितहरूलाई आवश्यक बसोबास, खाद्यान्न लगायत सबै कुराको ब्यवस्था हुने र त्यसका लागि आफूले सरकारसँग कुरा राख्ने बताउनु भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनु भयो ।

राष्ट्रपतिको भनाई उद्धृत गर्दै सल्लाहकार पोखरेलले भन्नु भयो–‘तपाईँहरूका लागि अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ । चिन्ता नलिनु होस् । म सरकारसँग कुरा गर्छु भनी आस्वासन समेत दिनु भएको छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस