आज:  | Fri, 22, Nov, 2024

राष्ट्रपति रामचन्द्र पौडेलबाट भूकम्प प्रभावित क्षेत्रमा खोज र उद्धारमा जुट्न आग्रह

१८ कार्तिक २०८०, शनिबार १८:२१ मा प्रकाशित ( १ साल अघि) ३८२ पाठक संख्या
नारी बाटिका


काठमाडौं,१८ कात्तिक ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट गएराति जाजरकोटमा गएको शक्तीशाली भूकम्प प्रभावित क्षेत्रमा तत्कालै खोज र उद्धारमा जुट्न सम्वन्धित सरोकारवालाहरुमा आग्रह गर्नु भएको छ । सुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रविन्दु बनायर गएको भुकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताउनु भएको छ ।

उहाँले भन्नु भयो यो विपतको घडीमा भूकम्प प्रभावित क्षेत्रमा तत्कालै प्रभावकारी रुपमा उद्वार र राहतको काममा जुट्न नेपाल सरकार लगायत सम्बन्धित सबैलाई अपिल गर्नुभएको राष्ट्रपति कार्यालयले सामाजिक संजाल मार्फत जानकारी दिएको थियो ।

गएराति जाजरकोटको बारेकोट गाउँपालिका १ रामिडाँडा केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भुकम्पले जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुमपश्चिममा कम्तिमा १५७ जनाको मृत्यु भएको पुष्टि भएको छ । साथै उक्त भुकम्पमा परी १६६ जना घाईते भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस