आज:  | Thu, 26, Dec, 2024

नागरिकको काम गर्न कसैको निर्देशन नकुर्नु माथिको आदेश भन्दै कानुन नमिच्नु: भुमीव्यवस्था,सहकारी मन्त्री

१७ कार्तिक २०८०, शुक्रबार १९:०३ मा प्रकाशित ( १ साल अघि) ५६२ पटक पढिएको
नारी बाटिका


काठमाडौं,१७ कात्तिक ।

भुमीव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री  श्रेरन्जिताष्ठ चौधरीले कर्मचारीहरुलाई कानुन विपरीत कुनै पनि काम नगर्न निर्देशन दिएकी छन् । शुक्रबार गुठी संस्थानको ६० औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताएकी हुन् । उहाँले भन्नु भयो कहिले काहीँ म कर्मचारीहरुले माथिको आदेश, फलानो नेताको आदेश, फलानो मन्त्रीको आदेश भन्दै कतिपय काममा अनियमितता गर्ने तथा नियम मिचेर काम गर्ने गरेको सुन्ने गरेको छु ।

तर, म भन्छु कानुनले दिएको अधिकार प्रयोग गरेर आमनागरिकहरुको समस्या समाधान गर्न कसैको आदेश कुर्नु पर्दैन्’ ? मन्त्री चौधरीले भन्नु भयो यदि कसैले कसैको आदेशमा या गलतनियत राखेर जनताको काममा ढिलासुस्ती गर्छ । अथवा माथिल्लो निकायको आदेश भन्दै कानुन विपरीत काम गर्छ भने त्यो कारवाहीको भागेदार हुन्छ । आम नागरिक तथा सेवाग्राहीहरुको काम चुस्त दुरुस्त ढंगबाट जिम्मेवार भएर गर्न उहाँले सम्पुर्ण कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।

गुठी संस्थानमा कर्मचारी तथा कतिपय ऐन कानुनको अभावका कारण जटिलता देखिएको बताउँदै त्यसको समाधानका निम्ति आफू लागि परेको बताउनु भएको छ । गुठीका जग्गा अतिक्रमणका घटना बढ्दै गएको छ । त्यसलाई अनुगमन, नियन्त्रण, नियमन तथा कारवाही गर्नका लागि कतिपय ऐन कानुनका साथै कर्मचारी अभाव रहेको मैले बुझेको छु उहाँले भन्नु भयो ।

यस्ता खालका समस्या समाधान गर्न हामी छिट्टै ऐनको मस्यौदा छिट्टै तयार गरी संसदमा पेश गर्नेछौं । विशेष गरी कर्मचारीको मूलगुनासोको रुपमा रहेको कर्मचारी विनियमावली स्वीकृतिको लागि मन्त्रालयले यथाशीघ्र मन्त्रिपरिषदमा पेश गर्नेछ । सो पश्चात संस्थानको रिक्त पद पूर्तिको प्रकृया अगाडि बढाउने प्रतिबद्वता समेत व्यक्त गर्न चाहन्छु ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस