आज:  | Fri, 22, Nov, 2024

सुक्रबार मुगुमा सामूहिक हत्या भएका चारै जना शवको पोष्टमार्टम आज

१२ कार्तिक २०८०, आईतवार ०९:१४ मा प्रकाशित ( १ साल अघि) ४०९ पाठक संख्या
नारी बाटिका


सुर्खेत,१२ कात्तिक ।

गएको सुक्रबार मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकामा भएको सामूहिक हत्याबाट मृत्यु भएका चारै जनाको शवको आज पोष्टमार्टम गरिने भएको छ । छायाँनाथ –६ मन्दुमा हत्या गरिएका चारैजनाको शवको पोस्टमार्टम आइतबार हुने भएको हो । गाउँबाट शव उठाएर सदरमुकाम गमगढी ल्याएको र आइतबार नै पोष्टमार्टम गर्न लागेको मुगु प्रहरीले जानकारी दिएको छ ।

छायाँनाथ रारा नगरपालिका–६, का वडाध्यक्ष खेमबहादुर रावलका अनुसार श्रीदेवीका श्रीमान दीपक घर आइसकेपछि शव उठाइएको हो। रोजगारीका लागी कतारमा रहेका श्रीदेवीका श्रीमान दीपक घटना घटेपछि शुक्रबार बेलुकी कतारबाट आएका थिए।

दिपक काठमाडौंबाट नेपालगञ्ज विमानस्थल र त्यहाँबाट जहाजमै शनिबार बिहान घर पुगेका थिए। शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र छो्रा ११ वर्षीय मनोज, छोरी ८ वर्षीया अप्सरा र छोरा ८ महिनाका रहरको शव घरभित्रै फेला परेको थियो। धारिलो हतियार प्रयोग गरी उनीहरुको हत्या भएको प्रहरीको अहिलेसम्मको अनुसन्धानले देखाएको छ।

मृतक श्रीदेवी छोराछोरी सहित ७ गते नै दशँंको टीका थाप्न माइती गाउँ कोटिल्ला गएकी थिइन्। माइतीबाट टिका लगाएर ८ गते बेलुका घर फर्किएकी थिइन्। सोही राति सामूहिक हत्या गरिएको बताइएको छ।

उक्त घटना ८ गते साँझ नै घटेको भएपनि प्रहरीलाई भने शुक्रबार बिहान ११ बजे मात्रै खबर भएको थियो । गाउँलेले बिहीबार बिहानैदेखि घर बाहिर ताला लगाएको देखेका थिए। शुक्रबार बिहान पनि ताल्चा लगाइएको देखेपछि स्थानीयले सोधिखोजी गरेका थिए।

स्थानियले माइतीमा सोधीखोजी गर्दा उनी माइतीबाट फर्किसकेको बताएपछि छिमेकीहरूले घरको ताला फोडेका थिए। घरभित्र चारैजना मृत अवस्थामा भेटेपछि स्थानियहरूले प्रहरीलाई खबर गरेका हुन् ।

अहिले कुकुर सहितको अनुसन्धान टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । यसैगरी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान विशेष टोलीले पनि अनुसन्धानमा सक्रिय सक्रिय भुमिका खेलिरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस