आज:  | Fri, 22, Nov, 2024

नेपाल मानव अधिकार संगठन धादिङद्वारा नागरिक सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न

२ कार्तिक २०८०, बिहीबार ०९:१४ मा प्रकाशित ( १ साल अघि) ३४५ पाठक संख्या
नारी बाटिका


धादिङ,०२ कात्तिक ।

नेपाल मानव अधिकार संगठन धादिङद्वारा नागरिक सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । वुधबार जिल्ला शाखा धादिङले विजयादशमीको अवशर पारेर मानवधिकारको क्षेत्रका सवालमा कार्य गर्ने नागरिकलाई सम्मान समेत गरेको छ ।

नेपालको संविधानले व्यबस्था गरेको नागरिकका मौलिक हकका विषयमा सरोकारवालाहरुबिच छलफल गर्नका निमित्त नेपालको संविधानर मानव अधिकार विषयक अन्तरक्रिया तथा शुभकामना कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । धादिङ शाखाका अध्यक्ष कृष्णराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वागमती प्रदेशका माननिय सांसद गोविन्द प्रशाद लम्शालको प्रमुख आतिथ्यता रहेको थियो ।

साथै शुभकामना कार्यक्रमकाबिच कोभिड १९का समस्याका समयमा धादिङका नागरिकका स्वास्थ्यमा पुर्‍याउनु भएको कार्यको कदर गर्दै डाक्टर कृष्णमान शाक्यलाई सम्मानका साथ कदरपत्र प्रदान गरिएको थियो । त्यसैगरी जिल्ला खेलकुद विकास समितीका पुर्व संयोजक कृष्ण लाल श्रेष्ठ, लगायत चारजनालाई सम्मान गरेको हो ।

पछिल्लो समयमा नेपालमा सरकारकै पक्षबाट अपराधीलाई सम्रक्षण गर्ने प्रवृर्ती बढ्दै गएको र पिडितले न्याय नपाउने तथा कानुने मानवअधिकारका क्षेत्रमा गरिएका कानुनी व्यबस्थालाई पनि मिच्ने काम बढ्दै गएकोले यस विषयमा सहभागी वत्ताहरुको चासो र गुनासो रहेको छ । यस क्षेत्रमा कार्य गर्ने सम्वन्धित सरोकारवालाहरुले आ–आफ्नो कार्यक्षेत्रमा रहेर आम नागरिकहरुलाई सु–सुचित गराउन महत्वपूर्ण भुमिका खेल्नु पर्नेमा वत्ताहरुको जोड रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथी रहनुभएका प्रदेश सांसद गोविन्द लम्सालले जसको पहुँच छ उसैको मात्रै कुरा सुन्ने अवस्था रहेको हुनाले मान वअधिकारकर्मीहरुले वास्तविक समस्यामा परेका नागरिकहरुको आवाजलाई महत्वका साथ कार्य गर्नु पर्ने बताउनु भएको छ ।

यस्तै जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विश्वकर्माले संविधानमा उल्लेख भएका अधिकारहरु नागरिकले अझै सहज रुपमा पाउन नसकेको बताउनु भयो । यस्तै नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले संविधानका तोकिएको निशुल्क शिक्षा अझै पनि कार्यान्वयनमा नआउदा धेरै बालबालिकाहरु पढाईबाट वञ्चित हुन परेको बताएका छन् ।

त्यसैगरी पछिल्लो समयमा मुलुकमा मानव अधिकार उलंङघन हुंदै गएको कारण पिडितका न्याय र नागरिकका हकहितका निमित्त काम गर्न संचारकर्मी र मानवअधिकारकर्मीको महत्वपुर्ण भुमिका रहने सवालमा सहभागीको सुझाव रहेको छ । कुनै राजनितिक आग्रह पूर्वाग्रह नराखि निस्वार्थ रुपमा मानव अधिकारको क्षेत्रमा काम गर्न उहाँले सुझाव पनि दिनुभएको छ । नेपाल मानव अधिकार संगठन जिल्ला शाखा धादिङका सभापति कृष्णराज अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस