आज:  | Fri, 22, Nov, 2024

बागमती प्रदेश प्रहरी हेटौंडाद्धारा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी प्रमुख तथा समाजसेवीहरू पुरस्कृत

१ कार्तिक २०८०, बुधबार २०:०७ मा प्रकाशित ( १ साल अघि) ४१७ पाठक संख्या
नारी बाटिका


हेटौंडा,०१ कात्तिक ।

६८ औं प्रहरी दिवसका अवसरमा बागमती प्रदेश प्रहरी  कार्यालय हेटौंडाको आयोजनामा उत्कृष्ट कार्य सम्पादन गर्ने जिल्ला प्रहरी कार्यलयका प्रमुखहरु तथा समाजसेवीलाई पुरस्कृत  तथा सम्मान गरिएको छ । यो वर्ष उत्कृष्ट काम गर्ने कार्यालय प्रमुखहरू पुरस्कृत हुनु भएको हो।

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्री किरण राणाज्यूको अध्यक्षता तथा वागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमरकट्टेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेशभित्रका जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमुखहरुको आतिथ्यता रहेको थियो । उत्कृष्ट कार्य सम्पादन तथा व्यवस्थापन गर्नमा सफल हुनु भएका धादिङका प्रहरी उपरिक्षक गौतम मिश्र,विभिन्न जिल्लाका प्रहरी अधिकृतहरु,प्रहरी नायव उपरिक्ष्क,निरिक्ष्कहरु,प्रहरी जवानहरु लगतयत पुरस्कृत तथा सम्मानित हुनु भएको छ ।

नेपाल प्रहरीको पेशागत मर्यादालाई आत्मसात् गर्दै सुरक्षित समाज निर्माणको पवित्र लक्ष्य प्राप्तिमा कुशल व्यावसायिक क्षमता प्रदर्शन गरी समग्र कार्यालय व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट कार्य गर्नु भएकोमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाद्वारा ६८ औं प्रहरी दिवस २०८० को अवसरमा कदर स्वरुप “उत्कृष्ट व्यवस्थापक” धादिङका प्रहरी प्रमुख गौतम मिश्र पुरस्कृत हुनु हो ।

त्यसैगरी कार्यक्रममा वागमती प्रदेश भित्रका प्रहरी अधिकृतहरु,समाजसेवीहरु,पत्रकारहरु लगायतलाई पुरस्कार तथा सम्मान गरिएको थियो । ६८ औं प्रहरी दिवसकै कार्यक्रमकै अवशरमा समुदाय प्रहरी साँझेदारी कार्यक्रम तथा लैंगिक हिंसा विरुद्धको अभियानमा उत्कृष्ठ कार्य गरेकोमा नारी जागरण केन्द्र धादिङका कार्यकारी निर्देशक भगवती उप्रेती पुरस्कृत हुनु भएको छ ।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मी, बागमती प्रदेश प्रहरी गण हेटौंडाका प्रमुख प्रहरी उपरीक्षक राकेश सिंह, नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटेका प्रमुख प्रहरी उपरीक्षक चित्र बहादुर गुरूङ। प्रहरी उपरीक्षक ईश्‍वर थापा, प्रहरी उपरीक्षक भिमकिरण बोगटी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजाल को उपस्थिती रहेको थियो । 

त्यसैगी प्रहरी नायव उपरीक्षकहरु,,प्रहरी निरीक्षकहरु, बागमती प्रदेश कार्य समितिका संयोजक पूर्व प्रहरी निरीक्षक रित बहादुर खाती, लगायत अन्य पूर्व प्रहरी कर्मचारीहरु, जुनियर प्रहरी अधिकृतहरू, प्रहरी हवल्दार तथा जवानहरू समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित हुनु भएका वीर अमर प्रहरीका परिवारजनहरूलाई बागमती प्रदेश प्रहरी प्रमुखज्यूबाट दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।
साथै कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुखज्यूले राज्यमा सृजना भएको बिभिन्न परिस्थितिलाई सामना गर्ने क्रममा साहदत प्राप्‍त गर्ने अमर शहीदका परिवारजन प्रति पनि बागमती प्रदेश प्रहरी कार्यालयको तर्फबाट हार्दिक समवेदना समेत व्यक्त गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस