आज:  | Thu, 26, Dec, 2024

वोक्सी लगाई ढाड कुप्रो वनाई दिएको भनी धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा एक वृद्धा महिलाको हत्या

१४ आश्विन २०८०, आईतवार ०७:५० मा प्रकाशित ( १ साल अघि) १५९७ पटक पढिएको
नारी बाटिका


धादिङ ।

धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिकामा एक जना वृद्धाको हत्या भएको छ । सुक्रबार दिनको अ.४ बजेको समयमा धादिङ जिल्ला नेत्रावती डबजोङ गाउँपालिका वडा नं.४ हजारे स्थित मा ऐ.ऐ.वस्ने वर्ष ७० की सुकमाया गुरुङको मृत शव फेला परेको थियो ।

बाख्राले बाली खाएको निहुँमा सामान्य झगडा हुंदा शनिबार धारिलो हतियार प्रहार गरी एक जना वृद्धा महिलाको हत्या भएको हो । हत्या हुनेमा नेत्रावती डबजोङ गाउँपालिका ४ हल्दारे बस्ने ७०  वर्षीया महिला सुकमाया गुरूङको हत्या भएको प्रहरीले जनाएको छ ।

मृतकको टाउको, घुच्चुक, बाँया गाला, अनुहारको वायाँ भाग र गर्धनको वायाँ भाग समेतमा पटक पटक धारिलो हरियार प्रहार गरी निर्ममता पुर्वक हत्या गरेको देखिएको थियो । घटनाको सम्वन्धमा सुक्ष्म रुपले अनुसन्धान गर्दा उक्त वारदातमा ऐ. ऐ. वस्ने वर्ष-३५ को मंगल गुरुङको संलग्नता रहेको खुल्न आएको छ  ।

सुकमाया गुरूङको हत्या गरेको आरोपमा प्रहरीले सोही स्थानमा बस्ने ३५ वर्षीय मंगल गुरूङलाई पक्राउ गरेको छ । सुकमाया आफ्नै घर नजिकैको सडकमा मृत फेला परेकी थिइन् । उनी मृत फेला परेको खबरपछि प्रहरी चौकी टोड्के र जिल्ला प्रहरी कार्यालय धादिङबाट टोली खटिएको थियो।

शंकित मंगल गुरुङलाई खोजतलास गर्ने क्रममा असोज १३ गते विहान अ.२ बजेको समयमा धादिङको नेत्रावती डब्जोङ गाँउपालिका वडा नं.४ हजारे स्थित निजको घरबाट केहीपर रहेको गोठमा लुकीछिपी वसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको थियो ।

सोधपुछ गर्दा निजले धारिलो हतियार खुर्पा प्रहरा गरी सुकमायाँ गुरुङलाई कर्तव्य गरी मारेको स्विकार गरेको र घटनाको प्रयोग भएको घरेलु जोखीमी हरियार फलामको खुर्पा शंकित कै घर अगाडि आँगन छेउमा रहेको कुखुराको खोरबाट बरामद गरिएको ।

अनुसन्धानको क्रममा मंगल गुरूङको संलग्नता रहेको खुलेपछि पक्राउ गरेको धादिङ प्रहरीले बताएको छ। सोधपुछका क्रममा मंगल गुरूङको सुकमायासँग पुरानो रिसिइबी भएको र बाख्राले बाली खाइ दिएको विषयमा खुर्पाले प्रहार गरी हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

अभियुक्त मंगल गुरूङको ढाड कुप्रो रहेकोले मृतकले नै वोक्सी लगाई ढाड कुप्रो वनाई दिएको र पटक  पटक मृतकको गाई वाख्राले अभियुक्तको अन्नवाली खाएको, घटनाको दिन समेत मृतकको गाई वाख्राले अभियुक्तको अन्नवाली कोदो खाई क्षति गरिदिएकोमा मृतकसँग वाद विवाद भई सुकमायाँ गुरुङलाई फलामको खुर्पा प्रहार गरी कर्तव्य गरी मारेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको  हो ।

घटनाको सम्वन्धमा अन्य अनुसन्धान प्रकृया जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस