आज:  | Thu, 05, Dec, 2024

नेपालमा हालसम्म आत्महत्या गर्नेको संख्या ५६ हजार नाघ्यो,रोकथाममा लाग्न जरुरी

२४ भाद्र २०८०, आईतवार १८:२० मा प्रकाशित ( १ साल अघि) ९२७ पाठक संख्या
नारी बाटिका


काठमाडौं,२४ भदौ ।

नेपालमा हालसम्म आत्महत्या गर्नेको संख्या ५६ हजार नाघेको छ ।  विश्व आत्महत्या दिवश मनई रहदा पछिल्लो समयमा नेपालमा आत्महत्या गर्नेको दर बड्दो रोकथामका लाग्न जरुरी रहेको मनोविमर्श कर्ताहरुले जनाएका छन् ।

वर्तमान अबस्थामा नेपालमा आत्महत्याका घटना दिनानु दिन बढ्दो क्रममा रहे पनि आत्महत्या रोकथामका लागी प्रभावकारी काम हुन नसकेको देखिएको छ । मनोविद् तथा मनोचिकित्सकहरू आत्महत्या रोकथाममा सबै क्षेत्रको उत्तिकै भूमिका हुनु पर्नेमा जोड दिनु हुन्छ ।

हरेक वर्षृ आजकै दिनलाई विश्वभर रुपमा आत्महत्या रोकथाम दिवस मनाउने गरिन्छ । तर पछिल्लो समयमा हाम्रो समाजमा दिन प्रतिदिन आत्महत्या गर्नेको संख्या बढिरहेको देखिन्छ ।

हालको अवस्थामा समस्याकै रुपमा बढ्दै गएको यस विषयलाई एक दिन दिवस मनाउने मात्र नभई वर्षभरि समुदायलाई सचेत गराउने गरी कार्यक्रम गर्नु पर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

यसै दिवसका अवशरमा नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी आत्महत्या रोकथाम दिवस मनाईएको छ ।

मनोविद् डा नरेन्द्रसिंह ठगुन्ना सरकारले रोकथामका नीति ल्याउनुपर्ने, सङ्घसंस्था तथा स्थानीय तहले पनि सचेतनामूलक कार्यक्रम सहितका गतिविधि सञ्चालन गर्न योजना बनाई कार्य गर्नु पर्ने बताउनु भयो ।

यस्तै सञ्चार माध्यमबाट पनि रोकथाम तथा न्यूनीकरणका लागि सन्देशमूलक र सावधानी अपनाउने गरी समाचार सम्प्रेषण गर्न सके न्यूनीकरणमा सहयोग पुग्ने बताउनु हुन्छ ।

आत्महत्याका घटना बढेपछि नेपालमा त्यस प्रति कुनै पनि निकाय गम्भीर नभएको उहाँको भनाइ छ । नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा छ।

पछिल्लो १० वर्षको तथ्याङ्क अनुसार ५६ हजार बढीले आत्महत्या गरिसकेका छन् । यो सङ्ख्या त्यसको अघिल्लो १० वर्षको तुलनामा निकै बढी हो ।

नेपाल प्रहरीका नायब महानिरीक्षक कुवेर कडायत अनुसार पछिल्लो समयमा नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा रहेको बताउनु हुन्छ ।आत्महत्याका घटना न्यूनीकरण गर्न राज्यले ध्यान दिनु पर्नेमा उहाँको सुझाव रहेको छ ।

नेपालमा गत आ।ब।मा मात्रै झण्डै सात हजारले आत्महत्या गरेका थिए । विसं २०७० मा चार हजार पाँच सय जनाले आत्महत्या गरेकामा १० वर्षपछि आव २०७९।०८० मा उक्त संख्या बढेर सात हजार पुग्नु भनुको चुनौतीपूर्ण अवस्था रहेको मनोविद् तथा मनोचिकित्सक बताउँछन् । अझ कोभिड–१९ को समयमा आत्महत्या गर्नेको संख्या अझै बढेको थियो ।

यसलाई मानसिक स्वास्थ्य समस्याका रूपमा हेरेर रोकथाम तर्फ लाग्नु पर्नेमा उहाँहरूको जोड छ । मनोविद् डा ठगुन्ना आत्महत्या गर्न खोज्ने व्यक्तिले पहिले नै कुनै न कुनै सङ्केत दिने र गतिविधि देखाउने हुँदा त्यस्ता गतिविधिको ख्याल गर्न सकियो भने रोक्न सकिने बताउनु हुन्छ। परिवार वा अरुले बेवास्ता गरेमा मात्रै ऊ आत्महत्याको बाटो रोज्न पुग्ने उहाँको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस