आज:  | Thu, 05, Dec, 2024

नारायणगढ–मुग्लिन सडक पुर्ण अवरुद्ध, पहिरो पन्छाउन अझै पाँच–छ घण्टा लाग्ने

५ भाद्र २०८०, मंगलवार ०७:२१ मा प्रकाशित ( १ साल अघि) ५३७ पाठक संख्या
नारी बाटिका


चितवन,५ भदौ ।

सोमबार नारायणगढ–मुग्लिनमा पहिरो गई सडक पुर्ण अवरुद्ध भएको छ नारायणगढ–मुग्लिन सडकमा अवरुद्ध, पहिरो पन्छाउन अझै पाँच–छ घण्टा लाग्ने । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी रुपमा अवरुद्ध भएको हो ।

सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच छ घन्टा लाग्ने जनाइएको छ । पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिएका छन्। “हिजै रातिदेखी १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पूरै पन्छाउन अझै पाँचदेखि छ घन्टा लाग्छ सक्छ”, उहाँले जानकारी गराएका छन् ।

रातभर पहिरो पन्छाउने काम गरिएको भए पनि बिहानसम्म २५ देखि ३० प्रतिशत मात्र पन्छाउन सफल भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।

उहाँका अनुसार चारवटा मेसिन पहिरो पन्छाउन प्रयोग भए पनि साँघुरो भएका कारण आलोपालो चलेका छन् । रातभर काम निरन्तर भएको तामाङले बताए । पहिराोका कारण गन्तव्यमा हिँडेका सवारी साधन र यात्रुहरु रातभर बाटोमै रोकिएका छन् ।

ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने भएकाले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी नायब निरीक्षक चुडामणि पोखरेल अनुरोध गर्नु भयो । काठमाडौँबाट गएका सवारीसाधनलाई मुग्लिन, कुरिनटार, फिस्लिङ र धादिङमा रोकिएको छ ।

पश्चिम र पूर्वबाट आएका सवारीसाधनलाई भरतपुरका विभिन्न क्षेत्र र नवलपुरको गैँडाकोटमा रोकिएको छ । यसअघि पनि नारायणगढ–मुग्लिन सडकखण्ड पहिराका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस