आज:  | Sat, 21, Dec, 2024

नेपाली कांग्रेस निलकण्ठ नगरपालिका ४ मा विषेश आन्तरिक अभियान कार्यक्रम सम्पन्न

३ भाद्र २०८०, आईतवार ०४:२० मा प्रकाशित ( १ साल अघि) ९१० पटक पढिएको
नारी बाटिका


धादिङ, ३ भदौ ।

नेपाली कांग्रेस निलकण्ठ नगरपालिका वडा नं.४ मा वडा स्तरिय विषेश भेला कार्यक्रम सम्पन्न भएको छ । केन्द्रिय समितीको बैठकको निर्णय अनुसार विषेश आन्तरिक अभियान कार्यक्रम अन्तर्रगत सुक्रवार वडा कार्यकर्ता भेला विषेश कार्यक्रम सम्पन्न भएको हो । नेपाली कांग्रेस निलकण्ठ नगरपालिका वडा नं.४ वडा कार्यसमितीद्धारा आयोजित कार्यकर्ता तथा कृयासिल सदस्य भेला कार्यक्रम पुर्व जिल्ला कार्यसमिती सदस्य तथा क्षेत्रिय प्रतिनिधी भगवती उपे्रतीको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यसैगरी नेपाल ट्रेडयुनियन काँग्रेस धादिङका पुर्व जिल्ला अध्यक्ष भवनाथ अधिकारी,नि.न.पा ४ का पुर्व वडा अध्यक्ष शिवराज गिरी, पुर्व वडा सदस्य गण्डकी खतिवडा, नगरपालिका ४ पुर्व वडा सदस्य तथा समाजसेवी भिम बहादुर ढकाल, प्रदेश सदस्य कृष्ण प्रशाद खतिवडा,दयानिधी नेपाल,लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टिका वडा कार्यसमितीका पदाधिकारीहरु,कृयासिल सदस्यहरु,पार्टीका क्षेत्रिय प्रतिनिधीहरु तथा समाजसेवीहरुको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि उप्रेतीले पार्टीभित्रको गुटबन्दीको अन्त्य गर्नुपर्नेमा जोड दिनु भएको थियो । साथै आन्तरिक विशेष अभियानले पार्टीभित्रको गुटबन्दीलाई अन्त्य गर्दै समानता कायम गर्नु पर्ने बताउनु भएको छ । यसले सिंगो नेपाली कांग्रेस पार्टीले देशप्रति निर्वाह गर्ने भूमिका र पार्टी कार्यकर्ताले बहन गर्नुपर्ने जिम्मेवारीलाई समेत बोध गराएको भन्दै कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न गर्न वडा कार्यसमितिले खुलेको भुमिका प्रति धन्यवाद दिनु भएको छ ।

‘यो अभियानले जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, स्थानीय तह, वडा र टोल तहसम्म पार्टीको संगठनको अवस्था के छ रु भ्रातृ संस्था र शुभेच्छुक संस्थाको अवस्था के छ भनेर जानकारी लिने, समस्याको पहिचान गर्ने काम भएको छ,’ ‘अहिले त्यही अभियानको प्रतिवेदनहरु बुझ्ने काम सुरु हुँदैछ ।’ यस कार्य अत्यन्तै सान्धर्विक र उपयुक्त समयमा उपयुक्त कार्यक्रम भएको बक्ताहरुले ब्यक्त गर्नु भएको छ ।

साथै नि.न.पा. ४ नं.वडामा पार्टीले जित हाँसिल गर्न नसकेतापनि समग्र देश व्यापि रुपमो प्रतिनिधीसभामा पहिलो पार्टी बन्न सकेकोमा नेतृत्व तहप्रति कार्यकर्ता खुशी रहेको क्रियासिल सदस्यहरुले बताएका छन् । तर यस पालिकाको वडामा नेकपा एमालेका वडा अध्यक्ष हरी कुमार श्रेष्ठले कुनै पनि पार्टीका प्रतिनिधीहरुलाई सहभागी नगराई हरेक योजनाहरुमा एकलौटी ढंगले मनोमानी गर्ने गरेको । बिकासलाई भन्दा आफ्नो पार्टीलाई रकम बाँड्ने काम भैई रहेको वडा बासी नागरिकहरुले दुखेसो ब्यक्त गरेका छन् ।

केन्द्रिय समिती बैठकको निर्णय अनुसार २०८० श्रावण २३ देखी भाद्र १ सम्म देशको ७७ वटै जिल्लामा संन्चालित कार्यक्रम अन्तर्रगत धादिङका सवै जसो पाििलका र वडामा गएिको छ । पार्टीको १० दिने विषेश अन्तरिक अभियान अन्तर्रगत धादिङ जिल्लामा पनि १३ वटै पालिकामा सम्पन्न भैईसकेको छ भने बाँकी वडाहरु पनि पार्टी कार्य समितीको आयोजनामा कार्यक्रम संन्चालन भैइरहेको जानकारी प्राप्त भएको छ ।

पार्टीको केन्द्रीय समितीको निर्णय अनुसार जिल्लामा पनि विषेश आन्तरिक अभियान सुरु गरीएको काँग्रेसले जनाएको छ । पार्टीका अन्तरिक कमी कमजोरी पत्ता लगाई त्यसको सुधार गर्दै पार्टीलाई एक्काईसौ सताब्दिको गतिशिल, चलायमान, सवल एवं सक्षम बनाउने उद्देश्यले आन्तरिक अभियान सुरु गरीएको नेपाली कांग्रेस धादिङले नारी बाटिकालाई जानकारी गराएको छ ।

वडा अभियानको जिल्ला र क्षेत्रबाट नेपाली काँग्रेस जिल्ला कायसमिति क्षेत्रिय कायृसमितीका नेता र नेतृहरुलाई खटाइएको छ । प्रतिनिधी उपे्रतीले अभियानको उद्देश्यबारे जानकारी गराउनु भयो ।

निलकण्ठ नगरपालिका ४ वडा पार्टी कार्य समितिको आयोजनामा सम्पन्न भएको कार्यक्रममा वडा कार्यवाहक सभापती कमल मल्ल ठकुरीको अध्यक्षतामा क्षेत्रबाट खटिनु भएको भगवती उप्रेती प्रमुख आतिथ्यतामा वडा कार्य समितीका पदाधिकारीहरु, महिला प्रतिनिधीको आतिथ्यता रहेको कार्यक्रममा वडाका कृयासिल तथा समाजसेवी कृष्ण श्रेष्ठ कार्यक्रम संन्चालन गर्नु भएको थियो ।

केन्द्र र प्रदेश प्रतिनिधीको उपस्थितीमा यहि साउन २३ गते देखी भाद्र १ गते सम्म जिल्ला,नगरपालिका,गाउँपालिका संग कार्यक्रम सम्पन्न भएसंगै वडा कार्य समितीसँग समन्वय गरेर यहि बीचमा कार्यक्रम गर्ने र भाद्र १ गते वडा स्तरमा कार्यकर्ता संग बैठक बसी अभियानको औपचारिक समापन गरीने लक्ष अनुसार वडा समिती बैठक तथा भेला सम्पन्न भएको हो ।
नारी वाटिका डट्कम अनलाइन खबरमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई ९८४१५४६८९३ मा सम्पर्क गर्नु होला

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस