आज:  | Sat, 23, Nov, 2024

आज एकै दिनमा ६२ जनामा डेंगु संक्रमण पुष्टि : नीलकण्ठ नगरपालिकाकामा मात्रै ५३ जना

१८ श्रावण २०८०, बिहीबार १८:४३ मा प्रकाशित ( १ साल अघि) ७८८ पाठक संख्या
नारी बाटिका


धादिङ, १८ साउन ।

धादिङमा आज एकैदिनमा ६२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पछिल्लो समयमा धादिङमा तिब्रगतिमा फैलिरहेको डेंगु साउन १६ र १७ मा भने केही कमसंख्यामा देखिएको भएता पनि आज बिहीबार एकैदिनमा ६२ जनामा डेंगु संक्रमण पुष्टी भएको हो ।

संक्रमित मध्य नीलकण्ठ नगरपालिकाका ५३ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ४ जना, गंगा जमुना, नेत्रावती डबजोङमा २÷२ जना र सिद्धलेक गाउँपालिकामा १ जना गरी ६२ जना डेंगु पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय धादिङका अनुसार साउन महिनामा धादिङका ७२७ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । जसमा ३३८ जना महिला रहेका छन् भने ३८९ जना पुरुष रहेका छन् ।धादिङका कुल संक्रमित मध्ये नीलकण्ठ नगरपालिकामा मात्रै ६५७ जना संक्रमित भएका छन् ।

जिल्लाको ज्वालामुखी गाउँपालिकामा १९ जना, त्रिपुरासुन्दरीमा ९ जना, गंगाजमुना र सिद्धलेकमा ८र८ जना, खनियाबासमा ७ जना, बेनीघाट रोराङ ६ जना, नेत्रावती डबजोङमा ५ जना, रुवीभ्यालीमा ४ जना, गल्छीमा २ जना र धुनीबेशी नगरपालिकामा १ जना संक्रमित भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस