आज:  | Mon, 23, Dec, 2024

पत्नी सीता दाहालको शोकमा परेका प्रचण्ड, पहिलो पटक आज सार्वजनिक कार्यक्रममा सहभागी हुंदै

३ श्रावण २०८०, बुधबार ०८:२५ मा प्रकाशित ( १ साल अघि) ९६६ पटक पढिएको
नारी बाटिका


भगवती उप्रेती

नारी वाटिका संवाददाता

काठमाडौं, ३ साउन ।

केही दिनदेखी पत्नी सीता दाहालको निधनप्रति शोकमा परेका प्रधानमन्त्रि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), सार्वजनिक कार्यक्रममा सहभागी हुन थाल्नु भएको छ । उहाँ आज गोरखा जाँदै हुनुहुनछ । गोरखामा आज उहाँले बुढीगण्डकी जलासययुक्त जलविद्युत आयोजनाको फिल्ड कार्यालय उदघाटन गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री प्रचण्ड वुधवार बिहान ११ बजेपछि गोरखा प्रस्थान गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको हो । गोरखाको कार्यक्रम सकि प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौ फिर्ता भई प्रज्ञा भवन कमलादीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन समेत गर्ने हुनु भएको छ ।

पत्नी सीता दाहालको निधन पछि प्रधानमन्त्री प्रचण्ड पहिलो पटक वुधवार सार्वजनिक कार्यक्रममा सहभागी हुन लाग्नु भएको हो । गत असार २७ गते त्थो वेलाको स्थितीमा कम्निष्टका विध्वँशकारी मुख्य नेताको श्रीमती भएर पनि उहाँलाई कुनै विद्धोहको घमण्ड थिएन र माओवादी भुमिगत आन्दोलनको समयमा पनि मानिसको हत्या गरेर हैन सरकारसंग लडेर देशमा परिवर्तन ल्याउन सकिन्छ भन्ने सिता दाहालको मनशायलाई पार्टीले मनन् गर्न सकेको थिएन ।

त्यसैले यतिवेला सहासी र सरल स्वभावकी सामाजिक व्यक्तित्व एक नारीको निधन प्रति सवै नेपाली नागरिकले शोक व्यक्त गरिरहेको अबस्थामा पत्नी सीता दाहालको निधनले प्रधानमन्त्रि (प्रचण्ड)प्रति सवैले सदा सहहायता देखाएका छन् । साथै उहाँ पनि शोकमै परेकाले त्यसयता कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुनु भएको थिएन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस