आज:  | Mon, 23, Dec, 2024

आइतबार साँझदेखी नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आयो

१७ असार २०८०, आईतवार १९:१३ मा प्रकाशित ( १ साल अघि) ७६८ पटक पढिएको
नारी बाटिका


असार १७ चितवन

शनिबार रातिदेखि पहिरोले अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक खण्ड आइतबार साँझ ६ बजेपछि सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोलामा नारायणगढ तर्फको भागमा खसेको पहिरोले अबरुद्ध भएको उक्त सडक पहिरो हटाएपछि आज आइतवार साँझदेखी दुईतर्फी रुपमा सञ्चालनमा आएको हो ।

शनिबार रातिदेखि सडक खण्डमा पहिरोको कारण अलपत्र परेका गाडीहरु उक्त सडकमा खसेको पहिरो हटाएपछि सडक खुलेसंगै रोकिएका गाडीहरु गन्तव्य तर्फ जान थालेका े जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस