आज:  | Mon, 23, Dec, 2024

नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीद्धारा विचार बिनाका पार्टीहरूको लहर चलेको आरोप

१४ असार २०८०, बिहीबार १९:४० मा प्रकाशित ( १ साल अघि) १०५२ पटक पढिएको
नारी बाटिका


काठमाडौं १४ असार ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीद्धारा विचार बिनाका पार्टीहरूको लहर चलेको आरोप अगाउनु भएको छ । बिहीबार मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केपी शर्मा ओलीले विचार बिनाका पार्टीहरूको लहर नै चलेको आरोप लगाउनु भएको हो।

कार्यक्रममा बोल्दै राजनीतिक पार्टीहरू समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्ने भए पनि अहिले विचार नचाहिने पार्टीहरूको लहर चलेको उहाँको भनाइ छ।

सिद्धान्त र विचार बिनाको लक्ष बोकेर आयौँ भन्ने पार्टीहरूको लहर चलेको भन्दै ओलीले राजनीतिक दल र नेताहरूले गरेको राम्रा काम र योगदानको चर्चा गर्दै सही काम गरे,यो चैं काम ठिक छ भनेर स्मरण गर्न नसकिएको समेत बताउनु भएको हो । उहाँले आफ्ना अभिभावकको योगदानको कदर गर्ने परिपाटीको अन्त्य हुँदै गएको बताउनु भएको छ ।

‘जनताको लागी हित गछौं भन्ने राजनीतिक पार्टीहरू समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्छन्। तर अहिले त एउटा लहर नै चलेको छ। विचार नचाहिने, बिना विचारको विचार लिएर हामी आयौँ भन्ने लहर चलेको छ। योगदान सम्झिनु जरुरी छैन, योगदान बिर्सिए हुन्छ, योगदानको के मतलव छ र ? कसलाई फुर्सद छ योगदानका कुरा गर्नेरु’ ओलीको बोली रहेको थियो ।

‘यस्तै हाम्रा पूर्वजका योगदान सम्झिने, कसलाई फुर्सद छ ? आफ्ना आमाबाबुको योगदानको चर्चा गर्ने ? महिमा गाउने वा आमाबुबाप्रति कृतज्ञ हुने ? भन्ने खालका विचाहरु पनि आज सुनिन्छन्। तर हामी बिना इतिहास समाज यहाँ आएको छैन। धेरै उतार चढावबाट यो समाज यहाँसम्म आइपुगेको हो। आज पनि समाज अनेक प्रकारका रस्साकस्सीका बीचबाट अघि बढिरहेको छ। यस रस्साकस्सीको बीचबाट समाज कसरी अघि बढाउने भन्ने सन्दर्भमा जानपर्ने छ।’ उहाँको भनाइ रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस