आज:  | Fri, 22, Nov, 2024

बालुवाटार ललितानिवास जगगा प्रकरणमा पक्राउ परेका मध्य आज तीनजना रिहा

१३ असार २०८०, बुधबार १९:४४ मा प्रकाशित ( १ साल अघि) ६९२ पाठक संख्या
नारी बाटिका


काठमाडौं १३ असार ।

निकै पहिलादेखी चर्चाको विषय बनेको बालुवाटार ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका सात जना मध्ये तीन जना व्यक्तिहरु रिहा भएका छन् । उक्त जग्गा प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र निर्वाचन आयोगका पूर्व आयुक्त सुधीर शाह सहित ७ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरु मध्यका कलाधर देउजा, भुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपालीलाई अदालतको स्टेअर्डर पछि वुधवार रिहा गरिएको हो । देउजा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख हुन् भने केसी र कपाली मालपोत कार्यलयकै कर्मचारी हुन्।

पक्राउ पर्ने सात जना मध्यका भाटभटेनी (सुपरमार्केट) सञ्चालक मीनबहादुर, गुरु ङ, पूर्वआयुक्त शाह र मालपोत कार्यलय डिल्लीबजारकै कर्मचारी धर्मप्रसाद गौतम, गोपाल कार्कीहरु भने सीआईबीको नियन्त्रणमा नै छन्। शाह तत्कालीन अवस्थामा जिल्ला मालपोत कार्यालय भक्तपुरमा कार्यरत कर्मचारी हुन् ।

असार १२ गते मंगलबार काठमाडौंका विभिन्न ठाउँबाट सीआईबीले सातै जनालाई पक्राउ गरेको थियो । ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा आरोप लागेका गुरुङलाई यसअघि पनि विशेष अदालतले धरौटीमा रिहा गरेको थियो । न्यायाधीशद्वय प्रेमबहादुर कार्की र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले गुरुङलाई २०७७ सालमा दुई करोड रुपैयाँ धरौटी सहित रिहा गर्न आदेश दिएको थियो ।

साथै सोही प्रकरणमा सीआईबीले गत वर्ष नै अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाइ सकेको थियो । पछी फेरी थप अनुसन्धान आवश्यक पर्ने भएकोले फाइल फिर्ता गरेको हो । सरकारी जग्गा किर्ते गरी हडप्ने हरु विरुद्ध ३ वर्ष लगाएर सीआईबीले तयार पारेको प्रतिवेदनलाई सरकारी वकिलको कार्यालयले समेत अस्वीकार गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस