आज:  | Tue, 07, Jan, 2025

आजैदेखी काँग्रेसले आउने ०८४ को चुनाव हारिन्छ भनेर डराउनु हुन्न ः नेता गगन थापा

९ असार २०८०, शनिबार १५:०७ मा प्रकाशित ( १ साल अघि) ९०२ पटक पढिएको
नारी बाटिका


९ असार, काठमाडौं ।

गत २०७९ साल मंसिर ४ को चुनावमा प्रतिनिधी सभाको पहिलो पार्टी बनेको नेपाली कांग्रेस यतिवेला तीनै तहको सरकारमा हुँदा पनि आगमी ०८४ सको चुनाव हारिन्छ भनेर अहिले देखी डराउने गरेको टिप्पणी गर्नू भएको छ ।

शनिबार आफ्नो चुनाव क्षेत्र काठमाडौं( यडा नं. ४ मा आयोजित पार्टी कार्यक्रममा उहाँ ले संघ, प्रदेश र स्थानीय तहमा ठूलो पार्टी हुँदा र काम गर्ने अधिकार बोकेर बस्दा पनि आउने ४ वर्षपछीको चुनावसँग डराउनु लाज मर्दो भएको बताउनु भएको छ ।

अब ४ वर्षपछी ०८४ मा हुने चुनावमा आजैदेखी हारिन्छ, की भन्नु उचित नभएको वताउनु भयो । चुनाव हारे भुईंमा बस्नुपर्छ,’ उहाँको प्रश्नोत्तर शैलीमा भने, ‘भुईंमा बस्न किन डराएको ? बसौंला नि त भुइँमा के बिग्रन्छ हारौंला एक पटक ।’

यतिवेला नेपाली काँगे्रस पार्टी संघीय सरकार, सात मध्ये ६ वटा प्रदेश सरकार र ७५३ मध्ये ३२९ वटा पालिकाको नेतृत्वमा रहँदा पनि काम नगरी डराएर बस्नु लाजमर्दो कुरा भएको बताउनु भयो । संघमा पहिलो, प्रदेशमा पहिलो, स्थानीय सरकारमा पहिलो, हातमा साढे ४ वर्ष छ, अधिकार बोकेर बसेका छौं । काम गर्ने जिम्मा लिएका छौं,’ थापाले भन्नु भयो ‘अनि किनारमा बस्नेले के भन्दैछ भने यो चार वर्ष खेर गयोगयो, डुब्योडुब्यो, राम्रो त हुँदै हुँदैन ।

राम्रो नहुने भएकाले जनता थप भासिन्छन्, जनता भासिएपछि थप रिसाउँछन्, रिसाएपछि पुरानोलाई भोट हाल्दै हाल्दैनन्, हामीलाई भोट हाल्छन्, (कांग्रेसको( डराएर भागा भाग छ ।’कांग्रेसले २०१५ सालमा र २०४८ सालमा लगभग दुई वर्षको समय पाउँदा विकासको जग बसाएको भन्दै उहाँ भनु हुन्छ,अहिले साढे ४ वर्ष समय पाउँदा पनि डराउन नहुने बताउनु भयो ।

गएको २०७९ सालको चुनाव हारिएला भनेर चुनाव अघि नै गठबन्धन गर्नु बेठीक भएको भन्दै थापाले कांग्रेस बाहेक सबै पार्टी मिले पनि डराउन नहुने बताउनु हुन्छ। ‘ के हुन्थ्यो कम्युनिस्ट पार्टी मिलेर ? १० वर्ष सरकार चल्थ्यो, चलोस्, समाजवादीमा एमाले पनि थपियोस्, चलोस्, एक्लै लड्छ काँग्रेस, नजिते चकटीमा बस्छ, के बिग्रिन्छ ? ’ थापाको भनाइ रहेको छ ।

यस्तै प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणाली हटाउने विषयमा छलफल गर्नुपर्ने धारणा समेत राख्नु भयो । प्रतिनिधिसभालाई समावेशी बनाउने अरु तरिका अपनाउन सकिने तर समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्ने धारणा व्यक्त गर्नु भएको हो ।

मिश्रति निर्वाचन प्रणालीका कारण बहुमत ल्याउन कठिन भएका कारण दलहरुले चुनाव अघि नै गठबन्धन गरेका हुन् । प्रतिनिधिसभामा पहिलो हुने निर्वाचित हुने प्रणालीमात्र उचित हुने धारणा राख्नु भएको छ ।

यस्तै प्राध्यापकमाथि आक्रमण गर्ने र कालोमोसो दल्नेले छुट पाउन नहुने पनि महामन्त्री थापाले बताउनु भयो । कांग्रेसले आफ्नो कुरा कसैले मानेन भन्दैमा अरुलाई दुख दिन नपाउने भन्दै, यस्ता विषयमा किन्तु, परन्तु नहुने बताउनु भयो ।

नेपाली ‘कांग्रेसको आइडेन्टीटी भनेकै सत्यका लागि लड्छ, सत्याग्रह गर्छ, अनशन बस्छ, भोक हड्ताल गर्छ आफ्नो कुरा सुनेन भने एक्लै बोल्छ, लडेर बस्छ’ ‘आफूलाई दुख दिन्छ तर अरुलाई दुख दिँदैन । मेरो कुरा कसैले मानेन भन्दैमा अर्काको शरीरमा मोसो दल्न पाउँछु मैले ः ‘कुनै पनि व्यक्ति होस् प्राध्यापक होस् वा कसैलाई पनि होस् मेरो कुरा मानेन भनेर आक्रमण गर्न पाउँछु, पाउँदिन । त्यसमा कुनै किन्तु परन्तु हुँदैन ।’ भन्नु भएको छ ।

कांग्रेसले आफ्नो जीवन शैलीमा परिवर्तन गर्नू पर्ने भन्दै थापा भन्नु हुन्छ ,‘हामीलाई तलका मान्छेहरुले हेरिरहेका छन् ।’ नयाँ पार्टी आयो भनेर डराउन आवश्यक नभएको भन्दै २०६४ सालको उदाहरण दिनु भयो । त्यतिबेला माओवादीले नयाँ नेपालको नारा दिँदा काठमाडौं उपत्यकामा धेरै सिट जितेको थियो भने त्यतिबेला कमजोर भएको कांग्रेस पुनः पछिल्लो चुनावमा ठूलो पार्टी बनेको बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस