धादिङ असार ७ विहिवार ।
यसअघि सीमित अदालतले हेर्दै आएको मुद्दामा जिल्ला अदालतमै सुरु, कारबाही र किनारा हुने गरी सरकारले निर्णय गरेपछि उक्त मुद्दाका काम, कारबाहीमा पीडित तथा सम्बद्ध अधिकारीका लागि सहज बनेको छ । साथै अब उपान्त साइबरक्राइम र चेक बाउन्सका मुद्दा जिल्ला अदालतबाटै किनारा लाग्ने भएको छ ।
साइबरक्राइम र चेक बाउन्सका मुद्दा जिल्ला अदालतबाटै किनारा लाग्ने भएपछी नेपाल प्रहरीले सरकारले गरेको निर्णयले पीडितलाई हुने गरेको सास्ती कम हुने र प्रहरीलाई पनि कार्य बोझ अलि कम हुने बताएको छ । उच्च अदालत पाटनले पनि चेक ‘बाउन्स’को मुद्दा जिल्लामा जाने भएपछि धेरै होलो हुने जनाएको छ । उच्च अदालत पाटनका उपरजिस्टार एवं प्रवक्ता मन्दिरा शाही चेक बाउन्सका मुद्दा करिब ८५ प्रतिशत नै आउने गरेको बताउनु भयो । अब यो मुद्दा जिल्लाबाट नै किनारा लाग्ने भएपछि उच्च अदालतलाई धेरै होलो हुने वताउनु भएको छ ।
असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । विद्युतीय (इलेक्ट्रोनिक)कारोबार ऐन, २०६३ को दफा ६० को उपदफा ९५० बमोजिम सोही ऐनको परिच्छेद, ९ मा उल्लेख भए बमोजिमका कसुरको सुरु कारबाही र किनारा गर्ने अधिकार तथा बैंकिङ कसुर र सजाय ऐन, २०६४ को दफा १७ को उपदफा ९१० बमोजिम सोही ऐनको दफा ३ को खण्ड (ग) बमोजिमको कसुरको सुरु, कारबाही र किनारा गर्ने अधिकार सबै जिल्ला अदालतलाई तोक्ने निर्णय गरेको हो ।
अब काठमाडौँ जिल्ला अदालतमा मात्रै हेरिँदै आइएको साइबर अपराधको मुद्दा समेत हरेक जिल्ला अदालतले हेर्न पाउने भएको छ । यस्तै उच्च अदालतले मात्रै हेर्दै आएको चेक बाउन्सको मुद्दा पनि जिल्ला अदालतको क्षेत्राधिकार भित्र परेको छ । अब उक्त मुद्दा दर्ता गर्न उच्च अदालत काठमाडौ धाइरहनु पर्ने बाध्यता हटेको छ ।
सरकारको यस निर्णयलेले उच्च अदालत र काठमाडौँ जिल्ला अदालतलाई मुद्दाको चाप कम पर्नेछ भने पीडित तथा प्रहरीलाई सीमित क्षेत्रमा धाइरहनु पर्ने समस्या पनि कम हुदै जाने विस्वास गरिएको छ ।
यसअघि जिल्लामा आएका साइबर अपराधको मुद्दा दर्ता गर्न काठमाडौँ जिल्ला अदालत नै धाउनु पर्ने बाध्यता थियो । यसका लागि प्रहरीको साइबर ब्युरो मार्फत मुद्दाको अनुसन्धान हुने गर्दथ्यो । अब मन्त्रिपरिषद्को निर्णयले सर्वसाधारण लाई साइबर अपराधका मुद्दामा काठमाडौँ नै आउनुपर्ने सास्ती
नहुने सर्वसाधारणले वताएका छन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनु भएको छ । बैंकिङ कसुर ऐनको दफा ३ ९ग)मा ‘आफ्नो खातामा मौज्दात रकम नभएको जानी जानी चेक काटि दिने’भन्ने बाक्य रहेको छ । त्यो भनेको चेक बाउन्सको मुद्दा हो ।
उक्त मुद्दा उच्च अदालतमा मात्रै हेरिँदै आएकोमा मन्त्रिपरिषद्को बैठकले उक्त दफा तोकेरै निर्णय गरेसँगै अब चेक बाउन्सको मुद्दा पनि जिल्ला अदालतबाटै सुरु, कारबाही र किनारा हुने भएको छ ।
साइबर अपराधका मुद्दा काठमाडौँ जिल्ला अदालतबाटै चल्ने गर्दथ्यो । यसले साइबर ब्युरोलाई पनि कार्यको बोझ थियो भने नागरिकमा समस्या पर्दा न्यायको लागी सास्ती र धmनधmट् खेप्दै काठमाडौँ आउनुपर्ने बाध्यता थियो ।
अबदेखी उक्त काम जिल्ला अदालतबाट सुरु, कारबाही र किनाराको व्यवस्था हुने भएपछि ब्युरोलाई पनि होलो हुने र जिल्लाबाट मुद्दा चल्ने हुँदा नागरिकले पनि सास्ती खेप्नु नपर्ने साइबर ब्युरोका प्रहरी उपरीक्षक पशुपति कुमार रायले बताउनु भयो । एकै ठाउँमा मुद्दा चल्दा बढी कामको चाप हुने र अनुसन्धानमा समेत समस्या हुँदै आएको ब्युरोले जनाएको छ ।
यस्तै पछिल्लो समयमा बढी आउने गरेको चेक बाउन्सको विषय उच्च अदालतमा मात्रै हुने गरेकामा अब मन्त्रिपरिषद्को निर्णयले जिल्लामै मुद्दा दर्ता गर्न पाउने व्यवस्था भएपछि उच्च अदालत धाउनुपर्ने समस्या टरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले बताउनु भयो ।
कार्की भन्नु हुन्छ, “एउटा प्रदेशमा एउटा उच्च अदालत हुन्छ, टाढाको जिल्लाको मान्छे प्रदेशमा जान गाह्रो हुन्छ, प्रहरीलाई पनि अनुसन्धान गर्नु भन्दा जान र आउन मात्रै समय जान्थ्यो, अब सबै जिल्लाबाट चल्ने भएपछि त्यो समस्या हट्ने भएको छ ।”
प्रहरीका अनुसार पछिल्लो समयमा चेक बाउन्सका मुद्दा धेरै दर्ता हुने गरेको छ । यसले प्रहरी कार्यालयलाई पनि मुद्दाको अनुसन्धानमा चाप हुँदै आएको छ । जिल्ला अदालतले मुद्दा नहेर्दा उच्च अदालतमा जानु पर्ने अवस्था थियो । सो कारण उच्च अदालतमा समेत मुद्दाको चाप बढी हुने गरेको थियो ।
प्रतिक्रिया दिनुहोस