आज:  | Tue, 07, Jan, 2025

धादिङवेशीं स्थित शान्तबजार बस्ने गंगा बहादुर गुरुङ रुवी ढुङ्गा सहित पक्राउ

७ असार २०८०, बिहीबार ०८:३७ मा प्रकाशित ( १ साल अघि) १२६४ पटक पढिएको
नारी बाटिका


धादिङ असार ७ विहिवार ।

मंगलवार जिल्ला प्रहरी कार्यालयले धादिङवेशीं स्थित शान्तबजार बस्ने एकजना गंगा बहादुर गुरुङलाई रुवी ढुङ्गा सहित पक्राउ गरेको छ । विभिन्न रंग र आकारका रुवी ढुङ्गा ( ) सहित धादिङमा गुरुङ पक्राउ परेका हुन् । पक्राउ पर्नेमा साविकको रि गाविस वडा नं.२ घर भई हाल सदरमुकाम धादिङवेशीं स्थित शान्तबजारमा बस्दै आएका ७२ वर्षिय गंगा बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

विगतदेखी नै गुरुङले शान्तबजार स्थित आफ्नै घरमा जीवन पत्थर सेन्टर नामक पसल समेत खोली अबैध रुपमा बिभिन्न प्रकारको रुवी ढुङ्गा उत्खनन गरी ओसारपसार तथा संकलन र बिक्री बितरण गर्दै आइरहेको भन्ने सूचनाको आधारमा मंगलबार असार ५ गते दिउँसो २ बजे तिर उनिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुरुङको साथबाट रातो बट्टामा रहेका बिभिन्न प्रकारका पत्थर र धातु जडित औंठीहरु ३१ थान,कटिङ गरी सकेको बिभिन्न रङ र आकारका रुवी ढुङ्गा जस्तो पदार्थ ४ किलो ७०० ग्राम, गुलावी रङको रुवी ढुङ्गा जस्तो पदार्थ ३ किलो ८०० ग्राम, कालो रङको रुवी ढुङ्गा जस्तो पदार्थ ६ किलो ४५० ग्राम,बरामद गरेको छ ।

त्यस्तै बिभिन्न रङ र आकारका रुवी ढुङ्गा जस्तो पदार्थ २२ किलो ५०० ग्राम, प्लाष्टिकको १३ वटा बोरामा रुवी ढुङ्गा जस्तो पदार्थ १८७ किलो ७०० ग्राम गरि २२५ किलो १५० ग्राम रुवी ढुङ्गा जस्तो पदार्थ फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

असार ५ मा पक्राउ परेका गंगा बहादुर गुरुङलाई हिजै आवश्यक कारवाहीको लागि तालुक खानी तथा भुगर्भ विभाग लैनचौर, काठमाण्डौ पठाइएको धादिङ प्रहरी कार्यलयले जनाएको छ ।

भगवती उप्रेती
नारी वाटिका डट्कम संवाददाता

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस