आज:  | Tue, 07, Jan, 2025

गए रातिदेखिको अविरल वर्षाको बाढीले बगाएको हेवा खोलामा पुल तत्कालै राखिने

३ असार २०८०, आईतवार १८:४७ मा प्रकाशित ( १ साल अघि) ११२० पटक पढिएको
नारी बाटिका


असार ३ आईतवार ।

गए रातिदेखिको अविरल वर्षाको बाढीले बगाएको हेवा खोलामा पुल तत्कालै राखिने भएको छ । मेची राजमार्गको हेवाखोलामा बेलिब्रिज राखिने भएको छ । गए रातिदेखिको अविरल वर्षा र बाढीको कारण आज बिहान पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पुल बगाए पछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको भनाई अनुसार उक्त खोलामा तत्कालै बेलिब्रिज पठाउन भएको छ ।

नेपाल विद्युत्प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले खोज तथा उद्धारका लागि सम्बन्धित निकायको जिम्मेवारी र उपकरणको विवरण तय भइसकेको जनाएका छन् । फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पुल बाढीले बगाएपछी उक्त स्थान आसपासका मानिसलाई आवतजावतमा कठिन्याई पर्ने भन्दै तत्कालै बेलिब्रिज पठाउन लागिएको जानकारी दिनु भयो ।

हेवा खोलामा सडक विभागको इटहरी स्थित कार्यालयबाट बेलिब्रिज पठाउन लागिएको जनाएको छ । विभागका महानिर्देशक सुशील बाबु ढकालले प्राविधिक टोली सहित आजै बेलिबिज्र पठाउने तयारी भइरहेको जानकारी दिनु भयो । बाढीले पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस