आज:  | Sun, 08, Sep, 2024

पाँचथरमा गएरातीको अविरल वर्षासँगै आएको बाढीले पुल बगायो ६ जना बेपत्ता,

३ असार २०८०, आईतवार ०७:२५ मा प्रकाशित ( १ साल अघि) ६८० पाठक संख्या
नारी बाटिका


असार ३ आईतवार

पाँचथरमा गएरातीको अविरल वर्षासँगै आएको बाढीले पुल बगाएको छ भने ६ जना मानिस समेत बेपत्ता भएका छन् ।
गएरातीको वर्षाले पाँचथरको हेवा खोलामा आएको ठुलो बाढीमा परी हिलिहाङ ७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवा सहित छ जना बेपत्ता भएको फिदम प्रहरीले जनाएको छ ।

यस्तै उक्त खोलामा गएको बाढीले फिदिम ४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाउँदै आएका एक, फालेलुङ ३ मा एक र फिदिम ४ माझी टारमा २ गरी ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिएका ुन् ।

यसैगरी बाढीले मेची राजमार्ग स्थित पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाँउपालिका जोड्ने हेवा खोलामा आएको बाढीको कारण हेवा खोलाको पुल बगाउँदा मेची राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ। फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुई वटा मोटरेवल र एउटा झोलुङगे पुल बगाएको प्रहरीले जनाएको छ ।
त्यस्तै बाढीले याङवरक गाउँपालिका ३ र २ मा पनि घर बगाएको छ तर तेहाँको क्षति के कति भएको छ भन्ने यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस