आज:  | Sun, 08, Sep, 2024

प्रेस सेन्टर नेपालको सरकारलाई ध्यानाकर्षण पत्र

३१ जेष्ठ २०८०, बुधबार १३:२८ मा प्रकाशित ( १ साल अघि) ५०८ पाठक संख्या
नारी बाटिका


काठमाण्डौ ३१ जेठ वुधवार ।

पछिल्लो समयमा नेपालका ठुला र पहुँचवाला व्यक्तिहरु नै भ्रष्टाचारको आरोपमा धमाधम पक्राउ पर्न थालेपछी आज प्रेस सेन्टर नेपालले कुनै पनि बहानामा भ्रष्टाचार विरुद्धको अभियानबाट पछि नहट्न प्रचण्ड नेतृत्व सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा सहितको प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण पत्र बुझाउँदै सरकारले भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता सहित चालेको कदम,निर्णय र कारबाही प्रक्रियाले जनमानसमा सकारात्मक सन्देश र नयाँ आशाको सञ्चार गरेकाले उक्त अभियानलाई अझ सशक्त बनाउन आग्रह गरेको हो ।

प्रेस सेन्टर नेपालले सरकारको यस कदम र निर्णय प्रति पूर्ण ऐक्यबद्धता प्रकट समेत गरेको छ । प्रेस सेन्टरले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत समानुपातिक विज्ञापन प्रणालीको नीति ल्याएकोमा खुशी व्यक्त गरेको छ ।

सङ्गठनले समानुपातिक विज्ञापनको नीतिलाई तत्काल कार्यान्वयन गर्न माग गरेको छ।सबै विज्ञापनलाई एकद्वार प्रणालीमा लैजाने व्यवस्था मिलाउन आग्रह गर्दै सेन्टरले विज्ञापन बोर्डलाई समानुपातिक विज्ञापन वितरण प्रणाली कार्यान्वयनका लागि थप जिम्मेवार बनाउन र प्रक्रिया पूरा गरी सञ्चालनमा रहेका अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारको ध्यानकर्षण गराएको हो ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री दाहालले पत्रकारका मागका सम्बन्धमा सरकार गम्भीर रहेको बताउनु भयो । सरकारले लिएका जनपक्षीय निर्णय र कदम प्रति ऐक्यबद्धता सहित, प्रेस स्वतन्त्रता, न्यूनतम पारिश्रमिक वृद्वि, पत्रकारका समस्या, समानुपातिक विज्ञापन लागू गर्ने र शान्ति प्रक्रिया लगायत विषयलाई निष्कर्षमा पुर्याउन दबाब दिने उद्देश्यले प्रेस सेन्टरले आज राज्यको तीनै तहका प्रमुखलाई देशै भर ध्यानाकर्षण पत्र बुझाउने निर्णय भएको छ ।

भर्खरै सम्पन्न भएको १९ औं साधारण सभाको निर्णयानुसार नै आज देशैभर सरकार प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउन लागिएको प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले जानकारी दिनु भयो । प्रदेश, जिल्ला र पालिका समितिले मुख्य मन्त्री, प्रमुख जिल्ला अधिकारी र पालिकाका प्रमुख वा अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको जानकारी गराएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस