आज:  | Sun, 08, Sep, 2024

१५ दिनभित्र स्थायी कर्मचारीको दरबन्दी विवरण पठाउन मन्त्रालयको पत्राचार

३० जेष्ठ २०८०, मंगलवार १७:३२ मा प्रकाशित ( १ साल अघि) ६८६ पाठक संख्या
नारी बाटिका


काठमाण्डौ ३० जेठ  मंगलवार ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र स्थायी कर्मचारीको दरबन्दी विवरण मन्त्रालयमा पठाउन सबै मन्त्रालय, आयोग र सचिवालय लाई पत्राचार गरेको छ ।

मन्त्रालयद्वारा गरिएको पत्राचारमा भनिएको छ, “मन्त्रालय, आयोग, सचिवालय र अन्तर्गतका कार्यालयमा कार्यरत सम्पूर्ण स्थायी कर्मचारीको प्रमाणित विवरण १५ दिनभित्र मन्त्रालयको सङ्घीय मामिला तथा प्रादेशिक कर्मचारी प्रशासन शाखामा उपलब्ध गराइ दिनु हुन मन्त्रालयको सचिव स्तरीय बैठकको निर्णय अनुसार अनुरोध छ ।”

आफ्नो कार्यालय अन्तर्गत कार्यरत स्थायी कर्मचारीको दरबन्दी विवरण पठाउन मन्त्रालयका उपसचिव कमानसिंह थापामगरद्वारा हस्ताक्षरित गरिएको उक्त पत्रमा राजपत्राङ्कित र रापअनङ्कित छुट्टा छुट्टै स्थायी कर्मचारीको दरबन्दी पठाउन पत्राचार गरिएको हो ।

मन्त्रालयले कर्मचारीहरुको विवरण पठाउनका लागि ढाँचा समेत फम्र्याट तयार गरी पत्रसँगै पठाएको छ । फम्र्याटमा कार्यरत कर्मचारीको नाम, कर्मचारी सङ्केत नम्बर, पद, सेवा–समूह–श्रेणी, सम्बन्धित कार्यालयमा सरुवा भएर आएको मिति, हालको कार्यालयमा कार्यरत अवधि, दरबन्दी–फाजिल, रिक्त सङ्ख्या र कैफियत सहितको विवरण ढाँचा पनि सामान्य प्रशासन मन्त्रालयले दिएको छ ।

यही १५ जेठमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा दरबन्दी पुनरावलोकन गर्ने घोषणा गरेको छ । बजेटमा सबै सरकारी सेवा, नियामक निकाय र सार्वजनिक संस्थानमा आगामी आर्थिक वर्षमा नयाँ संरचना र दरबन्दी सिर्जना नगर्ने गरी सार्वजनिक प्रशासनको विद्यमान संरचना र दरबन्दीको पुनरावलोकन गरी छरितो बनाउन लागिएको पत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित मन्त्रालय र निकायले आगामी मङ्सिर महिनाभित्र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) गर्नुपर्ने व्यवस्था बजेटले गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत सङ्घमा १० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा गरे पनि त्यो भने कार्यान्वयन हुन सकेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस