आज:  | Sun, 08, Sep, 2024

नेपाल सरकारका निजामती कर्मचारीले कार्यालय समय तथा पोसाकमा टिकटक बनाए कारबाही

२९ जेष्ठ २०८०, सोमबार १९:४० मा प्रकाशित ( १ साल अघि) ७९८ पाठक संख्या
नारी बाटिका


काठमाडौ  २९  जेठ  शोमवार ।

पछिल्लो समयमा नेपालका के कर्मचारी,के टिचर,के सुरक्षाकर्मी,व्यपारी,के गृहणी ? सवैजना टिकटकमा बेस्त र मस्त रहने परिपाटी बढ्दै गएको पाईन्छ । त्येसमाथी पनि कुनै अप्ठ्यारो र अनुशासनको दायराको ख्यालै नराखी सरकारी कर्मचारीहरु कार्यलयको पोशाकमै टिकटकमा बेस्त हुदै गएपछी निजामती कर्मचारीले कार्यालय समय तथा पोसाकमा टिकटक बनाए कारबाही हुने भएको छ ।

नेपाल सरकारका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले कार्यालय समय तथा पोशाकमा टिकटक बनाए कारबाही गर्ने भएको जनाएको हो । मन्त्रालयले आज एक सूचना प्रकाशित गरी कार्यालय समयमा कर्मचारीले टिकटक नबनाउन निर्देशन समेत दिएको छ ।

सरकारी सेवासुविधा लिने कर्मचारीहरु कार्यालय समयमा कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारी साधन प्रयोग गरेर र कार्यालय हाताभित्रै बसेर,नाचेर, टिकटक बनाउने क्रम बढ्दै जान थालेपछी मन्त्रालयले यस्तो रोक लगाइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमल प्रसाद भट्टराईले बताउनु भयो ।

उहाँले भन्नुभयो, “कार्यालयसँग सम्बन्धित कामबारे पनि टिकटक नबनाउन हामीले निर्देशन दिएका छौँ, यदि निजामती कर्मचारीले यस्ता नियमको पालना नगरी उल्लङ्घन गरेको पाइएमा अनुशासन नियम अन्तर्गत कारबाही हुनेछ ।” पछिल्लो समय टिकटकमा निजामती कर्मचारी उच्छिृङ्खल भएको भन्दै गुनासो आएकाले उक्त कदम चालिएको मन्त्रालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस