आज:  | Sun, 08, Sep, 2024

नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न, जन चासो सवालको कार्यान्वयन गर्न मेयर ढुङगानाको प्रतिवद्धता

२९ जेष्ठ २०८०, सोमबार ०७:३० मा प्रकाशित ( १ साल अघि) ८३२ पाठक संख्या
नारी बाटिका


धादिङ २९ जेठ शोमवार ।

धादिङ जिल्लाकै सवैभन्दा वढी जनघनत्व रहेको नीलकण्ठ नगरपालिकाको चालु आर्थिक बर्ष २०७९।०८० को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । आईतबार नगरपालिका ८ स्थित महिला सहकारी संस्थाको भवन प्राङ्गणमा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सरोकारवालाहरुको सहभागितामा नागरिकका सवालमा छलफल गरि सम्पन्न भएको हो ।

सार्वजनिक सुनुवाईमा नगरपालिका बाट प्रवाह हुने नागरिकका लागी ,भौतिक तथा मानविय सेवा सुविधा सम्वन्धि निति तथा कार्यक्रम, योजना र बजटको बारेमा प्रस्तुतीकरण गरिएको थियो भने उक्त सवालमा नागरिकहरुले प्रश्न,गुनासो र सुझाव समेत दिएका थिए ।

त्यस्तै नागरिकबाट उठेका प्रश्न तथा सवालहरुलाई नगर प्रमुख भीम प्रसाद ढुङ्गनाले आफु संधै नगरवासीको भौतिक,आर्थिक तथा मानविय बिकासमा चिनता र चासोको साथ काम गरिरहेकोले तपाईहहरुले राख्नु भएको प्रश्न,सुझाव र सल्लाहलाई कार्यन्वयनको साथ आफुले लागु गर्न प्रतिवद्ध छु भन्नु भएको छ । यसैगरी नागरिकको सल्लाह र सुझाव अनुसार अघि बढ्ने वताउनु भएको हो ।

त्यस्तै उप प्रमुख दिपक बिश्वकर्मा र प्रमुख प्रशासकिय अधिकृत पुरुषेतम सुवेदी, जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यलयले प्रभाह गरिने सेवाका बारेमा सोही कार्यलका प्रमुख द्वय बद्रीनाथ गैरे र जिल्ला प्रहरी कार्यलयबाट प्रहरी प्रमुख गौतम मिश्रले सम्बोधन गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भीम प्रसाद ढुङगनाले शुशासन पारदशिर्ता र जवाफदेहिताको निमित्त आफु सदैव प्रतिवद्ध रहेका बताउँदै, यस्ता जनताका सवालसंग सम्वन्धित कार्यक्रम आफुले नियमित गर्दै आएको बताउनु भएको थियो ।

उहाँले यस नगरबासीहरुको गुनासो र सल्लाह सुझाव सुन्नकै लागी आफुले जनता संग मेयर कार्यक्रम ल्याएको समेत प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा उठेका सकारात्मक सवालहरुलाई आफुले पुर्ण कार्यान्वयन गरी निलकण्ठ वासीको बिकास र हितका सवालमा आफु संधै प्रतिवद्ध रहेको ब्यक्त गर्नु भएको छ ।

,

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस