आज:  | Mon, 06, Jan, 2025

नेपाल ट्रेड युनियन काँग्रेस बागमती प्रदेशको दोस्रो अधिवेशन आजबाट ः चुनाव हुने संभावना बढ्यो

२८ जेष्ठ २०८०, आईतवार २०:०१ मा प्रकाशित ( १ साल अघि) १२९३ पटक पढिएको
नारी बाटिका


काठमाडौं २८ जेठ  ।

नेपाल ट्रेड युनियन काँग्रेस बागमती प्रदेशको दोस्रो प्रदेश अधिवेशन आजबाट काठमाण्डौ वानेश्वर स्थित थापा गाउँ वैकेटमा सुरु भएको छ । विभिन्न क्षेत्रमा पेशा र श्रम गर्ने श्रमजिवीहरुो सहभागिता रहेको छाता संस्थाको रपमा काम गर्ने ट्रेड युनियनको प्रदेस पदाधिकारीहरु चयन गर्न सकभर भोटिङ नगरी सर्वलाई मिलाएर सर्वसम्वत तरिकाले पदाधिकारी चयन गर्ने शुभचिन्तहरुको प्रयास रहेता पनि युनियनमा बस्न चाहाने आकाँक्षी हरुको संख्या बढ्दै गएपछी चुनाव हुने पर्वल संभावना बढेको हो ।

ट्रेड युनियन काँग्रेस, बागमती प्रदेश समितिको प्रदेश अध्यक्षमा उम्मेदवारी दिने आज सम्मको आँकलनमा ३ जना देखिएका छन् । अधिवेशनको पहिलो दिन आज नेपाली काँग्रेसका प्रभावशाली नेता एवं् पुर्व पार्टी उपसभापती प्रकाशमान सिंहको प्रमुख आतिथ्यता तथा वागमती प्रदेशका अध्यक्षको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा  पानसमा वत्ती बालेर समुद्धघाटन गर्नु भएको हो ।

समुद्धघटन सत्रमा मन्तव्य राख्दै नेता सिंहले शुभकामना मन्तव्य राख्नु हुंदै अधिवेशनमा भाग लिनको लागी सहभागी हुनु भएका वागमती प्रदेश भरीका प्रतिनिधीहरुले यो गुट र उ गुट नभनी युनियनमा रहेर संस्था र पार्टीको हित र श्रमजिवीको हक हितमा काम गर्न सक्ने सक्षम नेतृत्व निर्वाचन भन्दा पनि सर्वसहमत तरिकाले पदाधिकारी चयन गर्न आग्रह समेत गर्नु भएको छ । तर

कतिपय नेताले त मन्चबाट आजै आफ्ना उमेद्धवारी समेत घोषणा गरिसकेका छन् । भोली जेठ २९ गते हुने अधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

२०४६ सालको जनआन्दोलनबाट बहुदलीय व्यवस्था स्थापना भए पश्चात संघरसंगठन स्थापना गर्न पाउने अधिकार सुनिश्चित भए लगतै वि।सं। २०४७ साल देखि हालसम्म निरन्तर ट्रेड युनियन आन्दोलनमा सकृय रुपमा कृयाशिल रही श्रमिकहरुको पेशागत हकहितको लागि संघर्षरत छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस