आज:  | Sun, 08, Sep, 2024

अब नेपाल सरकारले आधा घण्टाको दूरीमा झोलुङ्गे पुल निर्माण गर्ने

२४ जेष्ठ २०८०, बुधबार १९:४२ मा प्रकाशित ( १ साल अघि) ५३१ पाठक संख्या
नारी बाटिका


काठमाडौं २४ जेठ वुधवार ।

अब नेपाल सरकारले आधा घण्टाको दूरीमा झोलुङ्गे पुल निर्माण गर्ने भएको छ । यसअघि सरकारको एक घण्टाको दूरीमा झोलु्ङ्गे पुल निर्माण गर्ने गर्दै आएको थियो । ग्रामीण भेगका नागरिकले जर्षायाम बाढी पहिरो गैइरहने झोलुँगे पुलबाट नदी पार गर्नको लागी १ घण्टा भन्दा बढी हिड्नु पर्ने समस्याले जोखिमै मोलेर भएपनि पैदलबाट नदी पार गर्ने गर्दर्थे । जसको कारण कर्यौ मानिसलाई खोलाले बगाउने गरेको घटना हरु घटिरहेका छन् ।

यस्ता समस्यालाई नागरिकले गुनासो पनि निकै आउने गरेकोले यस विषयलाई संवोधन गर्न अब सरकारले आधा घण्टाको दुरीमा झोलुँगे पुल निर्माण गर्ने भएको हो । भन्दा बढी हिँड्न नपर्ने हुने भएको छ । त्यसलाई परिवर्तन गरेर आधा घण्टा बनाउन लागिएको हो ।

दुर्गम क्षेत्रका नागरिकलाई आवागमनमा समस्या हुने भएपछि एक घण्टा गोरेटो बाटोबाट हिँडेर जानुपर्ने अवस्थाको अन्त्य गर्न आधा घण्टाको दूरीमा झोलु्ङ्गे पुल निर्माण गर्ने रणनीति बनाउन लागिएको स्थानीय पूर्वाधार विभागले जनाएको छ ।

कम्तीमा एक किमीको दूरी कायम गर्दा हालको लक्ष्य हासिल भए पनि आधा घण्टा कायम हुँदा देशभरमा माग बढ्ने विभागका उपमहा निर्देशक अशोक कुमार साहले बताउनु भयो । स्थानीय तहबाट माग भए अनुसार सरकार आफैँले वा स्थानीय तह मार्फत पुल निर्माण गरिने उहाँले बताउनु भयो । “पुल बनाउँदा समन्वय हुनु पर्छ । नयाँ रणनीति अनुसार झोलुङ्गे पुल सम्पन्न गर्नलाई अबको १०÷१५ वर्ष लाग्न सक्छ”, उपमहा निर्देशक साहले भन्नु भयो ।

निर्देशक साहका अनुसार पहिले एउटा पुल वा झोलुङ्गे पुलबाट अर्कोमा जानका लागि कम्तीमा एक घण्टाको दूरी राखिएको थियो । अब बन्न लागेको योजना पास भएर कार्यान्वयनमा जाँदा पुलको सङ्ख्या बढ्ने उपमहा निर्देशक साहले बताउनु भएको ।“अहिले एउटा खोलामा १० पुल छन् भने नयाँ रणनीति अनुसार १४ हुन सक्छ । अहिले सम्म यातायातको प्रयोजनका लागि मात्रै पुल बनाइने गरेकामा अब पर्यटन वा अरु प्रयोजनका लागि बनाइने योजना रहेको छ ।

विगतमा ठाउँठाउँमा रहेका तुईन हटाइएको साहले बताउनु भयो । त्यस्तै सरकारले अहिले दुर्गम पहाडी जिल्लालाई प्राथमिकता दिएर पुल निर्माण गरिरहेको उहाँले जानकारी दिनु भयो । शाहका अनुसार सङ्घीय सरकारले सशर्त अनुदानमा पैसा दिएपछि गाउँपालिकाले झोलुङ्गे पुल बनाउने गरेको छ ।

लम्बाइका आधारमा छोटा पुल स्थानीय तहले, मध्यम लम्बाइका पुल प्रदेश सरकारले निर्माण गरिरहेका छन् । सङ्घीय सरकारले लम्बाइका आधारमा लामा र नयाँ प्रविधिका झोलुङ्गे पुल निर्माण गर्दै आएको छ । उपमहानिर्देशक साहका अनुसार सबै झोलुङ्गे पुलका लागि आवश्यक लठ्ठा भने विभागले नै उपलब्ध गराउँदै आएको छ ।

सरकारले चालु आर्थिक वर्षमा झण्डै छ सय पुल सम्पन्न गर्ने भएको छ भने आगामी वर्ष छ सय पुल निर्माण लागि बजेट विनियोजन गरेको छ । हलसम्म देशभरमा १० हजार पुल निर्माण भएको विभागले जानकारी गराएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस