आज:  | Sun, 08, Sep, 2024

नेपाल टेलिकमले ग्राहकको गोपनीयता माथि संवेदनशील रहने प्रतिवद्धता

२३ जेष्ठ २०८०, मंगलवार १८:०० मा प्रकाशित ( १ साल अघि) ४५६ पाठक संख्या
नारी बाटिका


 

काठमाडौ २३ जेठ मंगलवार ।

नेपाल टेलिकमले ग्राहकको गोपनीयता माथि संवेदनशील रहने प्रतिवद्धता जनाएको छ । यही जेठ २२ गते एक अनलाइन न्यूज पोर्टलमा टेलिकमले दिने ग्राहक सेवाका सुरक्षा प्रति शङ्का व्यक्त गर्दै प्रकाशित समाचार प्रति खण्डन गरेको छ । टेलिकमले ग्राहकको गोपनीयतालाई सधै सम्मान गर्ने र त्यसको सुरक्षा र गोपनीयतामा एकरत्ति पनि सम्झौता हुन नदिने भन्दै ग्राहकलाई आश्वस्त हुन अनुरोध समेत गरेको हो ।

“जेठ २२ को एक अनलाइन माध्यमको न्यूज पोर्टलले टेलिकम सेवाका सुरक्षाप्रति आशङ्का व्यक्त गर्दै प्रकाशित समाचार प्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ, कम्पनीको सेवा अत्यन्त भरपर्दा र सुरक्षित बनाइ ग्राहक वर्गको गोप्यता कायम गर्न हामी अत्यन्त संवेदनशील रहेको व्यहोरा जानकारी गराउँदै कम्पनीका सेवा निर्धक्क भएर प्रयोग गर्नुहुन अनुरोध समेत छ”, टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैगरी टेलिकमले राज्यका अधिकार प्राप्त निकायबाट हुने कुनै अनुसन्धानको प्रक्रियामा प्रचलित कानुन बमोजिम सम्मानित अदालतको आदेशपछि मात्र अन्य दूरसञ्चार सेवा प्रदायकले झैँ कम्पनीले विवरण उपलब्ध गराउने समेत प्रष्ट पारेको हो ।

तर नेपाल टेलिकमले प्रतिवद्धता जनाई रहँदा पछिल्लो समयमा नेपाल मात्रै नभएर विश्वमै सामाजिक संन्जालको दुरुपयोग गरी फाइदा उठाउने गिरोह सक्रिय देखिन थालेकोले इमेल,क्ष्न्टर्रनेट,फेसबुक,भाइभर,ह्रवाट्सव,टिकटक लगायतका माध्यमबाट चोरी,डकैति,अपहरण,लुटपाट,फेसबुक ह्याक लगायतका घटनाहर हुने गरेकोले ग्राहकलाई ढुक्क भएर बस्न सक्ने अबस्था बनाउन विषश कदम भने चाल्नु पर्ने अबस्था देखिन्छ । कम्पनीका सेवाका संस्थागत प्रयोगकर्ता उल्लेख्निय रुपमा बढिरहेको व्यहोरा समेत जानकारी गराइएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस