काठमाण्डौ चैत्र २७ शोमवार ।
बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सिन्धुलीमा रासायनिक मल कारखाना निर्माणमा लगानीको वातावरणलाई सहजीकरण गरिदिन लगानी वोर्डका सिईओ सुशिल भट्ट समक्ष आग्रह गर्नु भएको छ ।
चैत २६ आईतवार लगानी बोर्डको कार्यलयमा भएको भेटमा उहाँले आफू मुख्यमन्त्री हुँदा सिन्धुलीमा रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाएको जानकारी गराँउदै अव कारखानाका लागी लगानीको वातावरणमा तयार गरिदिन सिईओ भट्ट समक्ष आग्रह गर्नु भएको हो ।
उहाँले कारखाना सम्बन्धी फाईल प्रधानमन्त्री, प्रधानमन्त्रीको कार्यालय, अर्थ मन्त्री, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, उद्योग विभाग, कृषी मन्त्रालय र अन्य मन्त्रीहरु तथा मुख्य सचिव समक्ष बुझाई सकिएको भन्दै सिईओ भट्टलाई पनि हस्तान्तरण गर्नु भएको छ । फाईल हस्तान्तरण गर्दै पाण्डेले आयोजनामा लगानी गर्ने वातावरणमा तयारा गरिदिन पनि आग्रह गर्नु छ ।
लामो समयदेखी देसमा सासायनिक मलको हाहाकार हुने गरेकाले आफु मूख्यमन्त्री रहँदा कारखाना स्थापना गर्ने योजना बनाएको र आफुसंग छलफल गर्न आएको एक अन्तराष्ट्रिय कम्पनीसंग मल कारखाना निर्माण गर्न आग्रह गरेको जानकारी गराउनु भयो ।
लामो समयदेखी किसानहरुले मलको समस्या भोग्दै आएका छन् । देसभरी नै यसको हाहाकारको स्थीती छ । यस्ता समस्यालाई समाधान गर्न थाईल्याण्डको महाछाद भन्ने कम्पनीसंग आग्रह गरी सिन्धुलीमा मल कारखाना खोल्ने निर्णय गरेको छु ,कृषकसंगको जनजिवीकासंग समेत जोडिने यस्तो योजना सफल बनाईदिन सिईओसाव पनि लागिदिनु प¥यो” पाण्डेले भन्नु भएको छ ।
लगानी बोर्ड जोडिएका आयोजना निर्माण,आगामी कार्यदिशा र समस्याको विषयमा छलफल गरेको बोर्डका कार्यकारी अधिकृत सुशिल भट्टले बताउनु भएको छ । उहाँले लगानी बोर्डसँग विभिन्न निर्माण चरण भएका परियोजना र करिव ३ खर्ब रुपैयाँ बराबरका आयोजनाका विकास कर्ताका प्रतिनिधि र अध्यनन चरणमा रहेका आयोजना विकासकर्ताका प्रतिनिधिसँग छलफल गरेको बताउनु भयो ।
पाण्डेका अनुसार स्थानिय त्यहाँको तह र प्रदेश सरकारले रासायनिक मल कारखाना निर्माण प्रकृयालाई अघि बढाइसकेको छ । त्यस्तै केन्द्र सरकार पनि आवश्यक प्रकृयाबारे कार्यान्वयनको चरणमा गैसकेको पाण्डेको दावी छ ।
मल कारखानाका निर्माणका लागी सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ बागमती नदी किनारको ३८६ विघा जग्गासमेत छनोट समेत भइसकेको उनले बताए । औद्योगिक क्षेत्र निर्माणका लागि हाल सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको भन्दै पाण्डेले उद्योग निर्माणमा करिव ५०÷६० अर्व रकम खर्च हुने भएकाले लगानीको वातावरण बनाउन भन्दै बोर्डले आवश्यक पहल गरिदिन सिईओ भट्टसंग आग्रह गर्नु भएको हो ।
उता वोर्डका सिईओ भट्टले, मूख्यमन्त्री रहँदा पाण्डेले यस्तो योजना ल्याएको भन्दै आफ्नो तर्फबाट हर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको पाण्डेका प्रेस संयोजक विवेक अर्यालले जानकारी दिए । “माननिय ज्यू र लगानी वोर्डका सिईओ र वोर्डका प्राविधिकहरुबीच मल कारखानाको विषयमा छलफल भएको छ । सिईओ र कम्पनीका नेपाली प्रतिनिधीबीच कारखानाको मोडालीटीबारे पनि छलफल भएको छ ।
सिईओ सावले पनि हाम्रो तर्फबाट हर सहयोग गर्न तयार छौं भन्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।” अर्यालले भने । उक्त योजनामा प्रधानमन्त्री सहितका अन्य मन्त्रीहरु र अन्य सरकारी निकायहरुले पनि साथ दिईरहेको अर्यालको भनाई छ । छलफलका क्रममा सिईओ भट्टले कम्पनीका प्रतिनिधीहरु संग कम्पनीको मोडालिटी र निर्माणको ज्ञारेण्टी गर्नेबारेमा आबश्यक छलफल गरी उक्त योजना कार्यान्वयन गर्ने पनि प्रतिवद्धता व्यक्त गरेका थिए ।
यसअघी पाण्डेले मल कारखाना निर्माण अघि बढाइसकेको भन्दै यसलाई संघीय सरकारले सहजीकरण गरिदिनुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मुख्यसचिव शंकरदास बैरागी लगायतलाई प्रत्यक्ष भेटी सवै कागजात बुझाई सकिएको जानकारी गराउनु भएको छ ।
पाण्डे मूखमन्त्री रहँदा उद्योग स्थापनाका लागि गत ६ पुस ०७९ मा बागमती प्रदेश सरकारले सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका–३ को जग्गा छनोट गरेको थियो ।
प्रतिक्रिया दिनुहोस