आज:  | Sat, 23, Nov, 2024

नेपाली विद्यार्थीहरुले विदेशमा अध्ययनको लागी जान आवश्यक स्वीकृति सम्बन्धी निर्देशिकामा सरकारद्वारा कडाई

२६ चैत्र २०७९, आईतवार ०८:४४ मा प्रकाशित ( १ साल अघि) ३६७ पाठक संख्या
नारी बाटिका


काठमाण्डौ २६ चैत आइतवार

नेपाली विद्यार्थीहरुले विदेशमा अध्ययनको लागी जान आवश्यक पर्ने स्वीकृति सम्बन्धी निर्देशिकामा सरकारद्वारा कडाई गर्ने व्यवस्था गरिएको छ । यसलाई सच्याउनको लागी व्यवशायीहरुले माग गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका २०७९’ मा समेटिएका विषयवस्तु प्रति व्यवसायीले आपत्ति जनाएका हुन् ।

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को डिल्लीबजारमा बसेको बैठकले विदेश अध्ययनका लागि आवश्यक अनुमतिपत्र((नो अब्जेक्सन लेटर–एनओसी) प्राप्त गर्न जारी निर्देशिका मार्फत सरकारले कडाइ गर्ने व्यवस्था लागु गर्न खोजेपछि व्यवशायीहरुले आपत्ति जनाएको हो ।

शनिवार इक्यानका कार्यवाहक अध्यक्ष देवीदास भट्टराईको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले निर्देशिकामा समेटिएका केही प्रावधानहरु आपत्तीजनक भएकोले सच्याउनु पर्ने माग गर्दै ज्ञापनपत्र बुझाउने बैठकले निर्णय गरेको छ । जति राम्रो अंक ल्याएपनि नेपालमा रोजगारी पाउन गाह्रो हुने पढेलेखेकाले काम पाउन समस्या रहेको छ ।

राम्रा र अनुसाशित बिद्याार्थीहरुलाई आफुले अध्ययन गर्दाको समयमा लाग्ने खर्च पनि ऋण काड्नु पर्ने र रोजगारी नहुदा झनै समस्या हुने भएकोले पछिल्लो समयमा नेपाल बाट विदेशिने युवाहरुको संख्या थपिदै गएको छ । निर्देशिकाले विदेश पढ्न जाने विद्यार्थीको सङ्ख्या बर्सेनि बढ्दै जाँदा विद्यार्थीहरु विदेशमा अध्ययनका लागी जाने बढ्दै गएपछी शिक्षा मन्त्रालयले यसलाई कडाई गर्न खोजेको हो ।

नेपालका क्याम्सहरुमा दिनहुँ विद्यार्थी घट्ने र विदेशिनेको संख्या बढ्दै जान समसया देखिएपछि शिक्षा मन्त्रालयले अनुमति लिने चरण, शिक्षण संस्था र विषय छनोट, विदेशी मुद्रा सटही लगायत प्रक्रियामा कडाइ गरेको इक्यानको आरोप छ ।
निर्देशिका मार्फत गरिएको कडाइलाई सच्याउन माग गर्दै इक्यानले सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको हो ।शनिवारको बैठकले इक्यान एक्लै र अरु छाता सङ्गठनको सहकार्यमा ज्ञापनपत्र बुझाउने निर्णय गरिएको कार्यवाहक अध्यक्ष भट्टराईले बताउनु भएको छ ।

उहाँले भन्नुभयो, “एनओसी सबैका लागि सर्वसुलभ हुनुपर्छ, शिक्षा नागरिकको अधिकार हो, संसारमा जहाँ गएर भए पनि पढ्न पाउनु पर्छ, अहिले जारी गरिन लागेको एनओसी स्नातक वा सो भन्दा माथि अध्ययन गर्न विदेश जाने विद्यार्थीलाई मात्र दिइने भनिएको छ, चाहे स्वदेशमा होस वा विदेशमा नेपालीले पढ्न पाउनु पर्छ, किन नियोजन गर्न खोजिँदै छ, हामी अचम्मित छौँ ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको समयमा गत फागुन १८ मा उक्त निर्देशिका स्वीकृत भएको थियो । निर्देशिकामा उल्लेख गरिएको उच्च शिक्षा (स्नातक र त्यसभन्दा माथि) को परिभाषा नमिलेको, एनओसी लिँदा परामर्श दाताले सिफारिस पत्र दिनुप र्ने, विदेश जानु अघि यहाँको परीक्षा पास गरेको हुनु पर्ने प्रावधान हटाउन पर्ने इक्यानको माग रहेको छ ।

यसैगरी मन्त्रालयले गठन गर्ने परामर्श समितिमा परामर्श दाताको पनि सहभागिता हुन पर्ने भन्दै ज्ञापन पत्र बुझाउने निर्णय गरिएको इक्यानले जनाएको छ । परिमार्जित गरिएको उक्त निर्देशिका आगामी २०८० साल वैशाख २ गतेदेखि लागू हुने जनाइएको छ ।

भगवती उप्रेती

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस