आज:  | Sat, 23, Nov, 2024

पत्रकार महाँसंघ धादिङको २३ औँ वार्षिक साधारण सभा सम्पन्न

२५ चैत्र २०७९, शनिबार १९:३० मा प्रकाशित ( १ साल अघि) ५४५ पाठक संख्या
नारी बाटिका


धादिङ,२५ चैत

पत्रकारहरुको छाता संस्था धादिङ महाँसंघको २३ औँ वार्षिक साधारण सभा आज धादिङवेशीमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ,जिल्ला शाखा धादिङका अध्यक्ष राजाराम शर्माको अध्यक्षतामा सम्पन्न भएको २३ औँ साधारण सभा तथा पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथ्यता वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्नु भएको थियो ।

 

बागमती प्रदेशका क्रियाशिल पत्रकारहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध गराउनको लागि ५० लाख सहयोग गर्ने मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताउनु भएको छ ।जनताको सेवामा अनवरत खटिने पत्रकारहरुको हक अधिकारको लागि क्रियाशिल पत्रकारहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध गराउनको लागि आफुले पहल गर्ने बताउनु भएको हो ।

२३ औँ साधारणसभा तथा पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथी रहनु भएका मुख्यमन्त्री जम्मकट्टेलले सो कुरा बताउनु भएको हो । पत्रकार महासंघले सन्चालन गर्न लागेको सन्चार ग्राम निर्माणको लागि आफुले आजैबाट पहल थाल्ने पनि बताउनु भएको छ । आफु आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदको समयमा बजेट बिनियोजन गरेको भन्दै उहाँले डिपिआर भईसकेको भवन निर्माणको लागि आफु अब फिल्डमै गएर प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।

पत्रकार कल्याणकारी कोषमा २० लाख रुपैँया जम्मा भईसकेको भन्दै उहाँले प्रक्रियागत रुपमा केहि ढिला भएको भन्दै अब छिट्टैनै त्यसलाई पनि कार्यन्वयनमा ल्याउने बताउनु भयो। कार्यक्रमका विशेष अतिथी नगरपालिका संघका केन्द्रिय अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले पत्रकारहरुको क्षमता अभिबृद्धी गर्नको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनु भयो।

स्थानीय तहहरु पत्रकार सँग हातेमालो गरेर अघि बढ्न तयार रहेको भन्दै मेयर ढुंगानाले राम्रो भए राम्रो र नराम्रो भए नराम्रो काम भयो भनेर समाचार लेखेर हामीलाइ सतर्क बनाउनको लागि आग्रह समेत गर्नु भएको छ ।

 

बिगतमा पनि आफुले पत्रकारहरुलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । महासंघ जिल्ला शाखाका सभापति राजाराम शर्माको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाको विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश ढकाल,प्रहरी प्रमुख गौतम मिश्र लगायतको आतिथ्यता रहेको थियो ।कार्यक्रममा विभिन्न विधाबाट जिल्लामा क्रियाशिल पत्रकाहरुलाई पुरस्कृत गरिएको छ ।

यस्तै कार्यक्रममा सिताराम प्रसाद बर्मा स्वास्थ्य पत्रकारिता पुरस्कारबाट डा. मुरारी अधिकारी, नवराज छत्कुली,राजेन्द्र प्रताप शाह पुरस्कारबाट शिब सिलवाल, विकास पत्रकारीता पुरस्कारबाट नारायण प्रसाद सिलवाल, विकास पत्रकारीता पुरस्कारबाट उपेन्द्र अधिकारी, शालिक राम बर्मा पत्रकारिता पुरस्कारबाट गोमा थापा र शालिकराम बर्मा पत्रकारिताबाट शिवराज आर्चाय पुरस्कृत हुनु भएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस