आज:  | Sat, 23, Nov, 2024

नारीवादको सवालमा विषेश प्राथमिकताका साथ कलम चलाउनु पर्ने ः बविता बस्नेत

२४ चैत्र २०७९, शुक्रबार २०:३१ मा प्रकाशित ( १ साल अघि) ५४३ पाठक संख्या
नारी बाटिका


धादिङ,चैत्र २५ सुक्रवार

भगवती उप्रेती

टेवा नेपाल र संगत नेपालको सहकार्यमा आयोजित महिलाको सवालमा कलम चलाउन पत्रकारको भुमिका विषयक अभिमुखीकरण र्काक्रममा नेपालको महिला पत्रकार हस्ती तथा मिडिया एड्भोकेसी ग्रुप ((म्याग) का अध्यक्ष बबिता बस्नेतले जहजीकरण गर्नु भएको थियो । नेपालको संविधानले महिला र पुरुषको विबचमा समनता गरिएको भएता पनि हाम्रो समाजमा महिला प्रति हेरिने दृष्टीकाण र गरिने व्यवहारमा विभेद रहेको छ ।

यस्तै महिला माथी हुने विभेद र लैंगिक हिंसालाई हटाउनको लागी नारीवादको अवधारणालाई आ–आफ्नो संचार माध्यामहरुमा उठान गरी महिला प्रति हुने विभेदको अन्त्य गर्नका लागी पत्रकारको महत्वमुर्ण भुमिका रहने बताउनु भएको छ । शिक्षा र रोजगारको अवसर प्रदान गर्नुपर्छ भन्ने नै नारीवादको मुख्य विषय रहेको उहाँले बताउनु भयो । छलफलका सहजकर्ता समेत रहनु भएका बस्नेतले संचार माध्यमले अहिले पनि नारीवादको अवधारणालाई स्पष्ट सँग पस्कन नसकेको उहाँको भनाई रहेको छ ।

महिलाहरुको, सामाजिक, राजनितिक, आर्थिक र व्यक्तिगत वा अन्य महत्वपूर्ण विषयमा पहुँच हुनुपर्छ भन्नेहरुको समुहगत विचार रहेको मडिया एड्भोकेसी ग्रुप ((म्याग) अध्यक्ष बबिता बस्नेतले बताउनु भएको हो । यी सवालहरुलाई जनस्तरमा हुने छलफल तथा गोष्ठीहरुमा पनि समावेश गराउन सम्बन्धीत निकायहरुले ध्यान दिनुपर्ने नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले बताउनु भयो ।

नारीवादको अवधारण सहित समाचार तथा कार्यक्रमहरु उत्पादन तथा प्रसारण गर्दा भाषा छनोट, शब्द चयन लगाएतका विषयमा संवेदनशिल हुनपर्ने संगत नेपालका विना महर्जनले बताउनु भएको छ । नारीवादको अवधारण सहित समाचार तथा कार्यक्रमहरु उत्पादन तथा प्रसारण गर्दा भाषा छनोट, शब्द चयन लगाएतका विषयमा संवेदनशिल हुनपर्ने संगत नेपालका विना महर्जनले बताउनुभएको छ ।

साथै उक्त कार्यक्रममा सहभागी पत्रकारहरुले आफ्नो क्षेत्रबाट नारीवादका अवधारणा र सवाललाई प्राथमिकताका साथ समाचार तथा कार्यक्रममा समावेश गर्न पत्रकारहरु एकवद्ध भएर लाग्ने बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस