आज:  | Sat, 23, Nov, 2024

६६ औं राष्ट्रिय सहकारी दिवसका अवशरमा प्रभातफेरी,तर जिम्मेवार निकाय भने सहकारी प्रति कुनै चासो राख्दैन

२१ चैत्र २०७९, मंगलवार ०९:२१ मा प्रकाशित ( १ साल अघि) ५१९ पाठक संख्या
नारी बाटिका


चैत्र २१ धादिङ –

हरेक वर्ष राष्ट्रिय रुपमा मनाईने सहकारी दिवश यस वर्ष पनि देशभर विभिद कार्यक्रम गरी मनाइएको छ । त्यसैगरी शोमवार धादिङमा पनि ६६औं राष्ट्रिय सहकारी दिवसका अवशरमा धादिङवेशीमा प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम गरि मनाएको हो । सहकारी दिवसको यस वर्षको नारा “सहकारीको दिगोपन, स्वनियमन र सुशासन” रहेको थियो ।

धादिङ जिल्ला सहकारी संघ लि. र धादिङ बचत तथा ऋण सहकारी संघ लि.को संयुक्त आयोजनामा शोमवार बिहान सदरमुकाम धादिङबेसी पुच्छारबजार बाट प्रभातफेरी र बीचबजारमा रहेको भैरवी सकोसको सभा हलमा अन्र्तकृया कार्यक्रम सम्पन्न गरेको थियो ।

धादिङ जिल्ला सहकारी संघ लि.का अध्यक्ष रामचन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिती धादिङका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा जिल्ला बचत संघका अध्यक्ष नवराज शर्माले “सहकारीको दिगोपन, स्वनियमन र सुशासन” को विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । र्यालीमा सहभागी संस्थाहरु मध्ये विभिन्न पक्षहरुको मुल्याङ्कन सहित प्रथम हुने एक सहकारी लाइ पुरस्कृत तथा सम्मान गरेको थियो ।

सहकारी दिवसको अवसरमा आयोजित प्रभातफेरी, अन्र्तकृया कार्यक्रममा विशेष गरि नीलकण्ठ नगरपालिका क्षेत्र भित्रका सहकारी संघ÷संस्थाका प्रमुख एवं् सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

धादिङ जिल्लामा कुल ६ विषयगत सहकारी संघ सहित करिब ४ सय ३० संख्यामा सहकारी संघ÷संस्थाहरु रहेका छन् । सहकारी दिवसको अवसरमा धादिङ जिल्लाको अन्य स्थानहरुमा पनि स्थानीय सहकारी संघ÷संस्थाहरुको आयोजनामा विभिन्न रचनात्मक तथा सामाजिक कार्यहरु गर िसहकारी दिवश मनाइएको थियो ।

सहकारी संघरसंस्थाहरुले हरेक वर्षको चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ । चितवनमा २०१३, चैत्र २० मा स्थापना भएको नेपालकै पहिलो सहकारी बखान सहकारी संस्थाको सम्झना गर्दै यो दिवस मनाउने गरिएको हो । तर सहयकारी विकास र नियमनकारी जिम्मेवारी पाएको स्थानिय तह भने सहकारीको क्षेत्रमा कुनै चासो नराखी वेखवर रहेको पाईन्छ ।

सरकारी निति अनुसार देश विकासको लागी ३ खम्वेको रुपमा सहकारीलाई मान्यता दिएको भएता पनि जव नेपालमा संघिय व्यवस्था लागु भएसंगै सवै सरकारी विषयगत कार्यलयहरु स्थानिय तहमा जोडिए पनि सवैभन्दा बढी मार सहकारी संस्थामा पर्दै आईरहेको छ । तेसो त पछिल्लो समयमा नेपालका केही सहकारी संस्थाका संन्चालक र कर्मचारीले निति विपरित काम गर्ने गरेका र आर्थिक रपमा पनि अनियमिता गर्दै आईरहेका छन् ।

कतिपय सहकारीमा रहेका कर्मचारी समितीमा भएका व्यक्तिहरुले सहकारीको नाउमा राजनिति र कमाई खाने भाँडोको रुपमा लिने गरेका खवर हरु हामी दिनहुँ सुन्ने र पढ्ने गर्दछौ ।

यति हुंदाहुंदै पनि यसको जिम्मेवारी पाएको स्थानिय सरकारले अनुगमन,निरिक्षण नगरिदिने,तथा पालिकाको सो शाखामा सहकारी बुझेका जानेका कर्मचारी नहुंदा कर्मचारीले सहकारी विकास र प्रवद्धनका लागी छुट्याईएको बजेट मात्रै कुम्ल्याउने गरेकाले सहकारी निति सिद्धान्त अनुसार राम्रा काम गर्ने व्यक्ति र सहकारीहरुलाई अशर परिरहेको अवस्था रहेको छ

नारी वाटिका खबर दाता ,धादिङ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस