आज:  | Sun, 22, Dec, 2024

आज देखी एसईई परीक्षा हुदै

१७ चैत्र २०७९, शुक्रबार ०६:५१ मा प्रकाशित ( १ साल अघि) ६१० पटक पढिएको
नारी बाटिका


काठमाण्डौ,चैत  १७ सुक्रवार

आजदेखी एसईई परीक्षा  हुदै, धादिङबाट ५ हजार ३ सय ८६ जना विद्यार्थीहरु परिक्षामा सहभागी हुँदै छन् । चेत १७ शुक्रबार अर्थात आज देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईको सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यस वर्षको परीक्षामा देशभरबाट ५ लाख १६ हनजार ५९१ परीक्षार्थी एसईई परिक्षामा सहभागी हुने भएका छन् ।

साथै देशभरबाट २ लाख ६० हजार ६७४ छात्र छन् भने २ लाख ५५ हजार ९१७ छात्रा एसईई परीक्षामा सहभागी हुने भएका हुन् । परीक्षाका लागि आवश्यक उत्तर पुस्तिका सबै परीक्षा केन्द्रमा र प्रश्नपत्र सुरक्षा केन्द्रहरुमा पठाइ सकिएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी गराएको छ ।

त्येसैगरी एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबै भन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा रहेका छन् । बागमती प्रदेशका १ लाख ६ हजार ९५९ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र तोकिएको छ ।

यो वर्ष धादिङबाट एसईई परीक्षामा ५ हजार ३ सय ८६ जना विद्यार्थी सहभागी हुँदै छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस